मलेसियाको नेपाली दुतावासले रोक्यो मागपत्र प्रमाणीकरण गर्ने काम
काठमाडौं–मलेसियास्थित नेपाली राजदुतावासले तत्कालका लागि कामदारको मागपत्र प्रमाणीकरण गर्ने काम रोकेको छ । एक सुचना जारी गर्दै राजदुतावासले प्रमाणीकरण गर्ने काम रोकेको जानकारी दिएको हो । कहिले सम्मका लागी काम रोकीएको हो भन्नेबारे केहि पनि खुलाईएको छैन । राजदुतावासका प्रवक्ता एवं द्धितिय सचिब उत्तम शाहीले केही समयका लागी मागपत्र प्रमाणीकरण गर्ने काम रोकीएको स्पष्ट पारे । मलेसियाले बिदेशी कामदार नलिने भनि घोषणा गरेपछि मागपत्र प्रमाणित गर्दा यहाँ आउन ठिक्क परेकाहरुलाई असर पर्न सक्ने भएकाले प्रमाणीकरणको काम रोकिएको शाहीले बताए । अहिले मागपत्र प्रमाणिकरण गर्दा मलेसिया आउने तयारी गरिरहेकाहरु लामो समय कुर्न बाध्य हुन सक्ने कुरालाई मध्यनजर गरि काम रोकीएको शाहीले जानकारी दिए । कस्तो कामको लागी कामदारको माग गरीएको हो भन्नेबारे प्रमाणीकरण गर्ने काम राजदुतावासले गर्ने गर्दछ । यहाँस्थित नेपाली राजदुतावासबाट दैनिक ५ देखि १० जनाको मागपत्र प्रमाणीकरण हुदै आएकोमा अहिले त्यो बन्द भएको हो । गत असार यता नेपाल सरकारले फ्रि भिसा फि टिकट लागू गरेपछि मागपत्र प्रमाणीकरण गर्ने काम ह्वात्तै घटेको राजदुतावास स्रोतले जनाएको छ । धरपकड जारी मलेसिया सरकारले अबैधानिक कामदारलाई समात्नेक्रम पनि जारी राखेको छ । बैधानिक बन्ने प्रक्रिया खुल्ला गरिएपनि अबैधानिक कामदार धरपकड गर्ने काम सरकारले जारी राखेपछि यहांका मानवअधिकारवादीहरुले त्यस्को बिरोध गरेका छन् । प्रक्रियामा आउ, बैधानिक बन, भनेर अवसर दिए जस्तो गरी धमाधम पक्राउ गर्नु जायज नभएको मानवअधिकारवादी संस्था तेनागानिताको तर्क छ । सरकारले बैधानिक बन्न अबसर दिएपछि धरपकड नगरी प्रक्रियामा आउन दिनु पर्ने तेनागानिताको माग छ । यसै साता मात्रै मलेसियाका छुट्टा छुट्टै ठाउँबाट नेपाल लगायत बिभिन्न मुलुकका सयौ अबैधानिक आप्रवासी कामदार समातिएका थिए ।
यसैबिच मलेसियाका रोजगारदाता कम्पनिहरुले सरकारले बिदेशी कामदार नलिने भनि गरेको घोषणा पुर्नबिचार गर्न माग गर्दै आएका छन् । सरकारको निर्णयले सबै क्षेत्रमा कामदारको अभाब सृजना हुने भन्दै रोजगारदाताले घोषणा पुर्नबिचार गर्न सुझाब दिएको मलेसियन सन्चार माध्यमले जनाएका छन् । आप्रवासी कामदार नियन्त्रणको सन्र्दभमा पछिल्लो समय मलेसिया सरकार कडारुपमा प्रस्तुत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण