आठ दिनमा झण्डै १५ करोड राजश्व संकलन
सिरहा–सिरहामा जारी मधेश आन्दोलनका कारण विगत ६ महिनादेखि बन्द रहेको विद्युतको महसुल वुझाउने काउण्टर गत माघ २८ गते आईतवारदेखि खुलेपछि अहिलेसम्म झण्डै १५ करोड राजश्व असुली भएको छ । सिरहामा आठ दिनमा कुल १४ करोड ७६ लाख ५२ हजार राजश्व संकलन भएको लहान शाखा प्रमुख माधव प्रसाद यादवले बताए । सो रकम विद्युत कार्यालय लहान गोलबजार सुखिपुर र मिर्चैया सेवा केन्द्रबाट संकलन गरिएको छ ।बन्दपछि खुलेको महसुल बुझाउने काउण्टरहरुमा हजारौको संख्यामा उपभोक्ताहरु आउन थालेपछि विद्युत कार्यालयले ३ टोकन सुविधायुक्त काउण्टर, दुई विना टोकनको महिला काउण्टर र एक विविध काउण्टर गरी ६ वटा काउण्टर संचालन गरेको छ । तरपनि उपभोक्ताको चापका कारण भने राजश्व बुझाउन हम्मेहम्मे हुन्छ । महसुल बुझाउन विहान ५ बजेदेखि नै भिड लाग्ने गरेपछि विद्युतले ६ बजेदेखि टोकन वितरण गरि बिहान ७ बजेदेखि रातीको ७ बजेसम्म उपभोक्ताले महसुल बुझाएको विधुत प्राधिकरण लहान शाखा प्रमुख माधव प्रसाद यादवले बताए ।
यता कतिपय उपभोक्ताहरुले भिडका कारण महसुल बुझाउन नपाएको बताउँछन् ।विद्युतले फाल्गुन सम्म ३ प्रतिशत छुटको समय सिमा बढाउनुपर्ने उपभोक्ताहरुको माग छ । भिड धेरै भएका कारण दैनिक सयौ उपभोक्ताले महसुल बुझाउन नसकेर घर फर्किनु परिरहेकोले समय सिमा बढाउनुपर्ने उपभोक्ताहरुले बताएका छन् ।विद्युतले माघ २८ गतेदेखी ७ दिन सम्म बन्द अवधीको विद्युत महसुलमा तीन प्रतिस्द छुट गर्ने निर्णय तथा ८ औं दिनदेखी २२ दिनसम्म जरिवाना नलिने व्यवस्था मिलाएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण