राजतन्त्र पुर्नस्थापना हुन सक्छः मन्त्री सुब्बा
इटहरी– भुमि सुधार मन्त्री रामकुमार सुब्बाले जनताले चाहे नेपालमा राजतन्त्र पुर्नस्थापना हुन सक्ने बताएका छन् । सुनसरीको इटहरीमा आउदो १५ गते हुन लागेको बृहत हिन्दु जागरण अभियानको बारेमा जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राप्रपा नेपालका नेता समेत रहेका मन्त्री सुब्बाले यस्तो बताएका हुन् ।
मुलुकको सर्वस्व भनेको जनता रहेको र जनताले इच्छा गरेको खन्डमा राजतन्त्रको पुनःस्थापना हुन सक्ने उनको भनाई थियो ।
उनले पत्रकारहरुले सोधेको प्रश्नका जवाफमा आम नेपाली जनताले राजा फ्याक्ने मनसाय नबनाएको र राजाले आफ्नै विवेकले जनतालाई स्वतन्त्र रुपमा अघि बढ्नका लागि स्पेश दिएकाले पूर्व राजाबाट जनताको चाहानामा पुनस्थापित हुन अभ्यास गर्नु अस्वभाविक पनि नरहेको बताए ।
राप्रपा नेपालको बटमलाइन नै संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य सहितको संविधान आउनुपर्छ भन्ने रहेको भन्दै मन्त्री सुब्बाले ८१ प्रतिशत हिन्दु धर्मावलम्वी र अरु ओमकार परिवारसहित ९१ प्रतिसत नेपाली हिन्दु सनातन संस्कार संस्कृतिमा विश्वास गर्ने भएकाले त्यसलाई जागृत गराउनका लागि यो धार्मिक सभा आयोजना गर्न लागिएको स्पष्ट पारे ।
पश्चिम नेपालका कैलालीबाट यही फागुन १३ गते नेपालका जगतगुरु बालसन्त देवाचार्यको उपस्थितिमा शुभारम्भ हुने बृहत हिन्दु धार्मिक जागरणसभा फागुन १५ गते आएर इटहरीमा हुने अन्तिम तयारी भईसकेको र त्यसमा पूर्वी नेपालका सवैजिल्लाबाट २० हजार भन्दा बढी हिन्दुर्धमावलम्बीहरुको उपस्थित रहने बताइएको छ ।
उक्त सभालाई पार्टी सभापति एवम बर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा थापा लगायत बिभिन्न धार्मिक गुरुहरु दिनबन्धु शास्त्री , दिनबन्धु पोख्रेल , युवा सन्त श्री निवासार्चाय आदिले सम्बोधन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण