बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बिद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

मङ्गलबार, ११ फागुन २०७२, १५ : ०१
मङ्गलबार, ११ फागुन २०७२

सल्यान–सल्यानको बुद्ध जनकल्याण उच्च माध्यमिक विद्यालय बडागाउँमा बिद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । विगत २ महिनादेखि रिक्त रहेको बिज्ञान शिक्षक र प्राध्यानाध्यापक तत्काल नियुक्त गर्न माग गर्दै तालाबन्दी गरिएको बिद्यार्थीहरुले बताएका छन् । तत्कालिन प्रध्यानाध्यापक तथा बिज्ञान शिक्षक दुर्गा बहादुर बोहोरा शिक्षक सेवा आयोगको परिक्षामा सफल भएर अन्य विद्यालयमा गएपछि बिज्ञान विषयको पढाई रोकीएको र प्रअ नियुक्त नहुँदा बिद्यालयको कामकाज प्रभावित भएकाले बाध्य भएर तालाबन्दी गरिएको बिद्यार्थी शुसिलराज केसीले बताए ।

समस्या हल गर्न बिद्यालयलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उनको भनाई छ । उता बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिलाल बुढाले भने बिद्यार्थीका माग पुरा गर्न आफुहरु लागिपरेको बताए । भोली विव्यसको बैठक बोलाईएको र जतिसक्दो चाडो समस्या हल हुने बुढाले विश्वास व्यक्त गरे । तत्कालिन प्रअ बोहोराले बिद्यालय छाडेपछि निमित्त प्रअको रुपमा असबिर राउतले काम गर्दै आउँनुभएको छ । उक्त विद्यालयमा वडागाउँ, भल्चौर र जिमालीका करिब ५ सय बिद्यार्थी अध्यनरत छन् । बिद्यालयको उच्च मावि तह भने संचालनमा रहेको हाम्रा समाचार दाता राम प्रसाद शर्माले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप