काँग्रेसलाई नाता र नेताबाट नीति प्रधान बनाइनुपर्नेमा जोड
काठमाडौँ, – नेपाली काँग्रेसका नेता एवम् कार्यकर्ताले १३औं महाधिवेशनलाई नेता र नाता प्रधानबाट नीति प्रधानमा पु¥याइनुपर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज नयाँपाटीमा आयोजना गरेको निर्वाचित काठमाडौँ जिल्ला समितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यको स्वागत एवम् बधाई कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद अम्बिका बस्नेतले पार्टीलाई नेता र नाता प्रधानताबाट नीति प्रधानमा रुपान्तरणका लागि वडा एवम् गाउँ गाउँमा प्रशिक्षण कार्यक्रम राखिनुपर्ने बताइन् ।
“नेपालका युवा अरबलगायत मुलुकमा गई ती देशको विकासमा योगदान गरिरहेका छन्, त्यो ऊर्जाशील जनशक्तिलाई नेपालमै राख्ने सोच र दृष्टिकोण बनाउन सके नेपाल पनि चाँडै सम्पन्न राष्ट्र बन्न सक्छ”–उनले भनिन् ।
नवनिर्वाचित काठमाडौँ सचिव राजकुमार नकर्मीले १३औँ महाधिवेशनबाट काँग्रेसलाई नीति एवम् दृष्टिकोणमुखी बनाउन युवाहरुका तर्फबाट अभियान सञ्चालन गर्न लागिएको बताए । “स्थापनादेखि विसं २०१७ सम्म काँग्रेस नीतिमुखी थियो, २०१७ सालपछि नेतामुखी भयो, विसं २०४८ पछि त नातामुखी भएर पार्टीको यो हालत भयो, अब यो महाधिवेशनबाट पुनः नीतिमुखी बनाइनुपर्छ”–उनले भने ।
काँग्रेस गोकर्णेश्वर नगर सभापति श्रीकृष्ण ज्योतिले दललाई नीतिमुखी दल बनाउन जनता जागरण कार्यक्रम सुरु गरिएको घोषणा गरे । कार्यक्रमअन्तर्गत नगरभित्रका वडाहरुमा जागरण गरी काँग्रेसको नीति एवम् दृष्टिकोण जनतामाझ राख्न लागिएको उनले बताए ।
कार्यक्रममा काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, काँग्रेस नेता लालबहादुर लामा र राजकुमार लामालगायतले काँग्रेसलाई नीतिमुखी राजनीतिक दलका रुपमा परिवर्तनका लागि युवा दबाबको आवश्यकतामा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण