खेतखेतमा मुसाको दुलो खोज्दै हिँड्ने मुसहर बस्तीका बालबालिका अहिले सरसफाइ अभियानमा (फोटोसहित)
बर्दिबास – सरसफाईको दृष्टिकोणबाट निकै कमजोर देखिएको महोत्तरीको बर्दिबास नगरपालिका–२ मा रहेको मुसहर बस्तीका बालबालिकाहरुले आफ्नै बस्तीबाटै ‘सरसफाई सप्ताह अभियान’ सुरु गरेका छन् । धुर्मुस–सुन्तली सरसफाई अभियान अन्र्तगत मुसहर बस्तीमा गठित नवयुग बाल क्लबका बालबालिकाहरुले हातहातमा कुच्चो लिएर गाउँघर र सार्वजनीक सडक सरसफाई गरेका हुन् । युवा पत्रकार तथा समाजिक अभियन्त राजकरण महतोको पहलमा मुसहर बस्ती सरसफाई गरि सफा सुघर बनाइएको हो । महतो मुसहर बस्तीलाई नमुना बनाउन निरन्तर लागि परेका छन् । एका बिहानै हातमा कोदालो बोकेर मुसहर बस्तीका बालबालिकाहरु खेतखेतमा मुसाको दुलो खोज्दै हिँड्ने उनीहरु अचेल आफ्नो गाउँघरको सरसफाइको बारेमा जिम्मेवार बन्दै गइरहेका नवयुग बाल क्लवका अध्यक्ष अञ्जली सदाले बताइन् । शनिबार बस्तीका बालबालिकाहरु एकाबिहानै उठेर बस्तीको सरसफाइमा जुटेपछि वरिपरिका स्थानीयहरु चकित परेका मुसरह बस्तिमा ट्युसन पढाउने मञ्जय सदाले बताए । उनले भने, ‘सरसफाई र शिक्षाबाट पछिल्लो समय बलियो बन्दै गएपछि मुसहर बस्तीलाई छिमेकीले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ ।’ बर्दिबास नगरपालिकाले मुसहर बस्तीको विकासको लागि बिशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामाकुमार कार्कीले बताए । शिक्षाको ज्योतिबाट पछि परेका मुसहर समुदायका बालबालिकाहरु अहिले आफ्नै गाउँमा मञ्जय सदाले चलाइको ट्युसनमा पढ्दै आएका छन् । करीब ६० जना बच्चाहरुलाई मञ्जयले पढाउने गरेका छन् । मुसहर बस्तीमा सबैभन्दा बढि पढेका मञ्जय सदालाई धुर्मुस (सिताराम कट्टेल) सुन्तली ( कुञ्जना घिमिरे)ले उनलाई हौसल्ला प्रदान गर्न पुरस्कृत गरेपछि मञ्जयले आफ्नो बस्तीका बालबालिकाहरुलाई निःशुल्क ट्युसन पढाउँदै आएका छन् । छोराछोरीलाई पढाउनुपर्छ भन्ने कुरा धुर्मुस र सुन्तलीले मुसहर समुदायका अभिभावकहरुको आँखा खोलिदिएको बस्तीकी मानकी सदाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण