विराट गोल्ड कपको उपाधि पुलिसलाई
विराटनग– विराट गोल्डकपको उपाधि विभागिय टिम नेपाल पुलिस क्लब काठमाडौंले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको फाइनलमा साविक विजेता टिम रमपम झापा ११ लाई १ –० गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि माथि कब्जा जमाएको हो । जितसँगै पुलिसले नगद पाँच लाख एक हजार र ट्रफि हात पारेको थियो । निकै रोचक भएको खेलमा दुवै टिमले आक्रमक रुपमा प्रस्तुत भएका । खेलको ४९ औँ मिनेटमा पुलिसका भरत साहले गरेको गोल नै टिमको लागि निर्णयक बनेको थियो । साह ५८ मिनेटमा विमल घर्ती मगरको स्थानमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफको १२ औँ मिनेटमा झापाका कर्ण लिम्बुले वान भर्सेज वानमा गोल गर्न चुकेका थिए । झापाले गोल गर्ने धेरै अवसर खेर फाल्न उपविजेता चित्त बुझाउनुप¥र्यो । झापाले नगद ३ लाख १ हजार रुपैयाँ पाएको थियो । झापाले दोस्रो हाफको ३३ औँ मिनेटमा विसाल राईको पासमा कर्ण लिम्बुले हानेको प्रहार पोष्ट छेउबाट बाहिरिएको थियो । खेलको म्यान अफ द फाइनल पुलिसका भोला सिलवाल घोसित भए । भने प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका सुमन सुवेदी घोषित भए । उनले मोटरसाइकल पाएका थिए । त्यसैगरी उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्त थापाले पाएका थिए । त्यस्तै उत्कृष्ट मिड फिल्डर झापाका योगेश गुरुङ, उत्कृष्ठ डिफेन्डस झापाकै देवेन्द्र तामाङ, उत्कृष्ठ फरवार्ड झापाकै कर्ण लिम्बु तथा प्रतियोगितामा बढि ३–३ गोल गर्ने हाई स्कोरर झापाकै कर्ण लिम्बु र बुद्धराज चेम्जोङ घोषित भए । त्यस्तै गरी उत्कृष्ठ गोल रक्षक पुलिसका बिसाल श्रेष्ठ र प्रतियोगिता भरिकै अनुसासित टिमको उपाधी रुपन्देही ११ बुटवलले हात पारेको थियो । जित पश्चात पुलिसका प्रशिक्षक अनन्त थापाले योजना अनुसार खेलाडीले खेलका कारण जित निकाल्न सफल भएको बताउनुभयो । यता झापाका प्रशिक्षक भगिरथ आले मामाले भाग्यले साथ नदिदा र खेलाडीले पाएको अवसर गुमाउँदा पराजित हुनु परेको बताउ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण