विभेदकारी राज्य व्यवस्था चाडै ध्वस्त गर्छौ : उपेन्द्र यादव
जलेश्वर-संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको विभेदकारी राज्य व्यवस्था चाडै नै ध्वस्त गर्ने चेतावनी दिएका छन् । फोरम नेपाल महोत्तरीद्वारा बुधवार जलेश्वरमा आयोजित ‘वर्तमान अवस्था एवं मधेश आन्दोलन’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले पछिल्लो मधेश आन्दोलनले शासक वर्गको ढाड भाचिसकेको जिकिर गर्दै अब उठ्ने आन्दोलनको आँधीबेरीले विभेदको जरा उखेलेर फाल्ने चेतावनी दिएका हुन् ।
मधेशी, जनजाति र थारु लगायत बहुसंख्यक जनताले अस्वीकार गरिसकेको संविधान कार्यान्वयन हुनै नसक्ने अध्यक्ष यादवले ठोकुवा गरेका छन् । ‘त्यसका लागि मधेशी जनजाति, दलित, मुश्लिम, महिलासहित एक साथ आन्दोलनको वेग सिर्जना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ’– उनले भने ।
शासक वर्गले आफूलाई मालिक ठानेर शोषित वर्गलाई अधिकार सम्पन्न बनाउन अझै बहानाबाजी गरिरहेकोले मधेश, पहाड, हिमालसँगै काठमाडौंमा एकैसाथ आन्दोलन गरिने यादवले बताए । आन्दोलन दबाउन सेना, सशस्त्र र प्रहरीको प्रयोग विफल भएकोले सरकारले पूर्वाग्रही ढंगले झूठा मुद्दा लगाएर आन्दोलनकारी फसाउने कार्य गरिरहेको उनले आरोप लगाए । ‘बन्दुकले नसकेपछि आन्दोलन दबाउन नेता कार्यकर्तालाई झूठा मुद्दामा फसाइँदैछ’, फोरम नेपालका अध्यक्ष यादवले भने, ‘आन्दोलनकारीलाई झूठा मुद्दामा गिरफ्तार गर्दैमा आन्दोलन कमजोर हुने दिवास्वप्न सरकारले नदेखे हुन्छ ।’
विगतको आन्दोलनमा पनि झूठा मुद्दा लगाएर पनि आन्दोलन दबाउन नसकिएको इतिहास साक्षी रहेको स्मरण गराउँदै यादवले अधिकार प्राप्ति बिना उत्पीडित जनता पछि नहट्ने चेतावनी दिए । यादवले महोत्तरी लगायत विभिन्न जिल्लाहरुबाट पक्राउ परेका मोर्चाका कार्यकर्ताहरलाई अविलम्ब रिहा गर्न माग गरेका छन् । ‘सरकारले केही बहाना नपाएर सामाजिक सञ्जालमा लेखेकै भरमा कार्यकर्ता पक्राउ गर्न तल्लिन छ’, उनले भने, ‘यसले स्वतः प्रष्ट हुन्छ कि सरकार विचलित भइसकेको छ ।’
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई केन्द्रीय अध्यक्ष यादवले अबीर मालासहित स्वागत तथा बधाई दिएका थिए । त्यसैगरी, जारी मधेश आन्दोलनको क्रममा महोत्तरीका सहीद परिवारलाई दोसल्ला ओढाएर अध्यक्ष यादवले सम्मान गरेका छन् । फोरम नेपाल महोत्तरीका जिल्ला अध्यक्ष राम नरेशराय यादवको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा केन्द्रीय सदस्य एवं सांसद उर्मिला साह, केन्द्रीय सदस्य अमरेश नारायण झा, तेजनारायण यादव, दिपनारायण मण्डल सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, सतर्क रहन अनुरोध
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण