कांग्रेसको महाधिवेशनपछि सरकार ढल्ने कुरा हल्ला मात्र : उपप्रधानमन्त्री रायमाझी
अर्घाखाँची– उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले सरकारले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको कार्यकाल दुई वर्षको भएको भन्दै सरकार तत्कालै नढल्ने दावी गरे ।
‘कांग्रेसको महाधिवेशनपछि सरकार ढल्छ, भनेर हल्ला फैलाउने काम भएको छ’ उनले भने, ‘यो सबै सरकारलाई कमजोर पार्न फैलाइएको निराधार हल्ला मात्रै हो ।’ सरकार संचालनको साचो÷चाबी एमाओवादीसँग भएको उनले बताए । ‘एमाओवादीले कांग्रेस÷एमाले जस्सलाई समर्थन ग¥यो, उसको नेतृत्वमा सरकार बन्ने निश्चित हो’ रायमाझीले भने, ‘वामपन्थी र परिवर्तनकारीको नेतृत्वमा बनेको सरकार छाडेर एमाओवादी कांग्रेससँग मिल्न जाँदैन । माओवादीले समर्थन नछोडेपछि कसरी सरकार ढल्छ उनले प्रतिप्रश्न गरे ।’
उनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण फलदायी भएको दावी गरे । ‘प्रधानमन्त्रीको भारत भ्रमणको उद्देश्य दुवै देशबीच चिस्सिएको सम्वन्ध सुधार गर्ने मात्रै थियो’ उनले भने, ‘त्यहाँभन्दा धेरै अपेक्षा राखेर भ्रमण असफल भयो भन्नु सरासर गलत हो ।’ उनले मधेस केन्द्रीत दलसँग सहमति भएर नाका नखुलेको बताए । ‘आन्दोलनको औचित्य नभएपछि विस्तारै मधेस आन्दोलन कमजोर भन्दै गयो’ उनले भने, ‘आन्दोलन कमजोर भएपछि नाका आफैँ खुलेको हो ।’ उनले नाकाबन्दीका कारण अस्तव्यस्त बनेको आपूर्ति व्यवस्था बिस्तारै सामान्य अवस्थामा फर्कन लागेको बताए ।
उनले एमाओवादीबाट अलग्गिएर नयाँ पार्टी निर्माण अभियानमा लागेका बावुराम भट्टराइको नयाँ पार्टी सफल हुन नसक्ने दावी गरे । उनले पार्टी र जनतालाई धोका दिएर नयाँ पार्टी निर्माणमा लागेको आरोप लगाए । पार्टी फुटाएर नयाँ पार्टी बनाउन खोज्ने कोहि पनि सफल हुन नसकेको भन्दै बावुराम पनि सफल हुन नसक्ने बताए । उनले कांग्रेसबाट शेरबहादुर देउवा र एमालेबाट वामदेव गौतमले पार्टी फुटालेर नयाँ पार्टी निर्माणमा लागेर पुन पुरानै पार्टीमा फर्केको घटना स्मरण गराउँदै एमाओवादीबाट नयाँ पार्टी निर्माणमा लागेकाहरु पनि पुन फर्कने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण