शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मनाङ फाइनलमा

बुधबार, १९ फागुन २०७२, १९ : ०३
बुधबार, १९ फागुन २०७२

धरान – १८ औं आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिता अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा विभागीय टोली एपिएफलाई ३–२ गोल अन्तर पराजीत गर्दै मनाङ म¥र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ ।

मनाङको लागि अपिज ओलावाले, अनिल गुरुङ र अनन्त तामाङले गोल गरे भने एपिएफको तर्फबाट रमेश दंगाल र अन्जन विष्टले गोल गरे । गतवर्ष बुढासुब्बाको फाइनलमा एपिएफसँग पराजित भएको बदला मनाङले यसवर्ष सेमिफाइनलमा लिएको हो । खेलको म्यान अफ द म्याच मनाङका विराज महर्जन घोषित हुँदै नगद रु ५ हजार हात पारे ।

खेलको पहिलो मिनेटमा नै मनाङको लागि विदेशी खेलाडी अपिज ओलावालेले गोल गरे । उनले हेमन गुरुङको कर्नर पासमा गोल गरेका थिए । तर, त्यो अग्रता धेरैसम्म टिक्न सकेन । खेलको सातौं मिनेटमा एपिएफका सुदिप शिखाकरले प्रहार गरेको फिकिक बललाई रमेश दंगालले गोल गरी टोलीलाई १–१ को बराबरीमा पु¥याएका थिए । त्यसपछि एपिएफले अन्जन विष्टको गोलबाट अग्रता लियो ।

उनले खेलको १३ औं मिनेटमा पाएको अवसरलाई खेर नफाली गोल गरेका थिए ।

एपिएफले पनि अग्रता धेरैबेर जोगाइ राख्न सकेन । खेलको २६ औं मिनेटमा अनिल गुरुङले गोल गरी मनाङलाई २–२ गोलको बराबरी स्थितिमा पु¥याए । उनले सुजल श्रेष्ठको कर्नरबललाई जाली चुमाएका थिए । पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएपछि दोस्रो हाफमा मनाङले थप एक गोल गर्दै जीत हासिल ग¥यो । दोस्रो हाफको १६ औं मिनेटमा मनाङका अनन्त तामाङले निर्णायक गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । उनले विशाल राई ‘बी’को फ्रिकिक बललाई वानटचमा पोष्टको दिशा दिएका थिए ।

खेलमा सुन्दर मौका पाएको एपिएफले गोल गर्न सकेन । दोस्रो हाफको ३३ औं मिनेटमा सुदिप शिखाकरले प्रहार गरेको फ्रिकिक बल विपक्षि गोल किपर किरण चेम्जोङको हातबाट फुत्किएको बललाई रञ्जन विष्टले गोल गर्न सकेनन् । त्यस्तै पहिलो हाफको ४३ औं मिनेटमा एपिएफका सरोज कोइरालाले मनाङका अपिज ओलावालेलाई डिबक्स भित्र हातले तानेर लडाएपछि पाएको पेनाल्टीमा सुजल श्रेष्ठले गोल गर्न सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप