‘तपाईंहरुलाई एनसेलको चिट्ठा प¥यो’ भन्दै ठगीमा संलग्न थप तीन पक्राउ, मुख्य नाइके सुमित शर्मा अझैं फरार
फिदिम–पाँचथर जिल्लासहित विभिन्न स्थानमा एनसेल प्रयोगकर्ताहरुलाई झुक्याएर लाखौं ठगी गर्ने गिरोहका थप तीनजनालाई पाँचथर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा वेतिया जिल्ला विहार भारतका २२ ववर्षीयवलि उल्लाह, वारा जिल्ला लिपनिमाल–१ का जाकिर हुसेन र वारा वरियापूर–१ का २४ वर्षीय महताफ आलाम रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट बरामद गरिएको ५० हजार नगद र तीनथान मोबाइल सेट, सवारी चालक अनुमति पत्रलगायतका सामाग्रीहरु समेत जिल्ला प्रहरी कार्यालय पाँचथरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । ठगी प्रकरणका मुख्य नाइके भनिएका भारत राजस्थान निवासी सुमित शर्माद्वारा परिचालित समूहका सदस्य रहेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारा र पर्सासँगको सहकार्यमा पाँचथर प्रहरीले विरगञ्ज बसपार्कवाट सोमवार पक्राउ गरेको हो ।
पाँचथर प्रहरीले यसअघि समेत सोही प्रकरणमा संलग्न झापा गौरादह–९ का १८ वर्षीय प्रकाश दाहाल र मोरङको पथरी–९ का ३२ वर्षीय मेघनाथ गिरीलाई पक्राउ गरि जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गराएको छ । दाहाल र गिरी पक्राउ परेपछि सुमितले बली उल्लाह, जागिर हुसेन र महताफ आलमलाई विभिन्न माध्यमबाट प्रयोग गरी बारा र पर्साका २ जनाबाट १ लाख ४६ हजार रुपैयाँ ठगी गरेको पुष्टि भएको पनि प्रहरी प्रमुख कोइरालाले जानकारी दिए ।
माघ महिनामा मात्र तेह्रथुमको छातेढुंगा–६ का तारा सुनार र फिदिम–१ का प्रेम तामाङले आफुहरु ठगिएको भन्दै पाँचथर प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई खोजी गर्न थालेको हो । ठगहरुले उनीहरुलाई एनसेल एपको प्रयोग गरि ‘तपाईंहरुलाई एनसेलको चिट्ठा प¥यो, त्यस वापतको १३ प्रतिशत कर अग्रिम वुझाउनु होला, तपाइले कर वापतको रकम बुझाएपछि हामी तपाईंको पुरस्कार आइएमईबाट जम्मा गरिदिन्छौँ’ भन्दै पैसा पठाउन लगाएर प्राप्त गरेपछि सम्पर्कविहीन हुने गरेका थिए । यसरी ग्राहकबाट ठगी गरेको पैसा आइएमई र बैंक काउण्टरबाट झिक्न र आफुकहाँसम्म पठाउन उनले कमिसन दिएर विभिन्न ठाँउमा विभिन्न व्यक्तिहरु खटाएको तथा ठगी कार्यमा २८ वटा एनसेल नम्बर प्रयोग भइसकेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
ठगी प्रकरणका मुख्य नाइके सुमित सर्मा भने नेपाल–भारत सीमावर्ती रक्सौल पारी भारतीय भूमिमा बसोबास गर्दै विभिन्न प्रविधिमार्फत ठगी कार्यमा संलग्न भएको साथै विभिन्न व्यक्तिहरुलाई कमिसनमा पैसा झिक्न लगाएर अन्य माभ्यमवाट रकम असुल गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरुले पछिल्लो पटक आफ्नो मोबाइलमा एनसेल एप डाउनलोड गरी विभिन्न स्थानका एनसेल नम्बर इन्ट्री गरेर प्रयोगकर्ताले रिचार्ज गरेको मिति, मौज्दात रहेको व्यालेन्स आदी पत्तो लगाएर फोन गर्दै ठगी गरिरहेका थिए । प्रविधिमा दक्ष रहेका उनले पहिले एनसेल ग्राहकका नम्वर एप्लिकेसनमा इन्ट्रि गर्नेदेखि फोन गरेर पैसा पठाउन लगाउने काम गर्छन् । एनसेल ग्राहकबाट पैसा ठग्न पल्केका उनले पैसा झिक्न र आफुकहाँसम्म पठाउनका लागि विभिन्न स्थानका मान्छे परिचालन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरी अनुसन्धानमा उनीहरुले सिमकार्ड झिक्न प्रयोग गरेका, पैसा झिक्न प्रयोग गर्दै आएका नागरिकता र लाइसेन्स सवै नक्कली भएको पुष्टि भएको छ । यस्ता सामाग्री सुमित स्वयंले तयार गरेर आफ्ना एजेन्टसम्म पु¥याउने गर्छन । उनका एजेन्टले तीनै नक्कली सामाग्रीको फोटोकपी प्रयोग गरेर आइएमई र विभिन्न बैंकका काउण्टरवाट पैसा झिक्ने गरेको पुष्टि भएको छ । अभियुक्तहरुले पहिलो एनसेल एपमा विभिन्न स्थानका ग्राहकको नम्बर इन्ट्रि गरेर त्यहि नम्वरमा फोन गर्दै विभिन्न वहानामा ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको पाँचथर प्रहरी प्रमुख कोइराला बताँउछन् । उनका अनुसार पिन नम्वर म्यासेज पठाइएका नम्वरहरुमा फोन गर्दै उनीहरुले ‘हामी एनसेलका कर्मचारी हौं, तपाईले यसअघि गरेको रिचार्ज कार्डमा पुरस्कार परेको छ, त्यसका लागि तपाईंले कर वापतको रकम अग्रिम भुक्तानी गर्नुपर्छ’ भन्दै पैसा पठाउन लगाउने गरेका थिए । हालसम्मको प्रहरी अनुसन्धानमा उनीहरुले मेची अञ्चलकाका पाँचथर, ताप्लेजुङ र इलाम तथा वारा, पर्सा र कास्कीको पोखरासम्मका १८ जना एनसेल प्रयोगकर्ताबाट प्रतिव्यक्ति १६ हजारदेखि १ लाख रुपैयाँसम्म ठगी गरेको पुष्टि भइसकेको प्रहरी बताउँछ । यसरी ठगिएका मध्ये अधिकांश महिला छन् ।
प्रहरी अनुसन्धानमा सुमितले ठगी गरेको पैसा आफुकहाँसम्म पठाउन नेपाल र भारतसँगै साउदी अरेबियासम्मका मानिस प्रयोग गर्दै आएको खुलेको प्रनाउ कोइराला वताँउछन । उनका अनुसार हालै पक्राउ परेका भारतीय नागरिक बली उल्लाह साउदी अरेबीयाबाट तीन महिने छुट्टिमा घर आएका हुन । उल्लाह साउदीको बेङको बिन लादेन नामक कम्पनीमा कार्यरत थिए । उनले ग्राहकबाट ठगी गरेर झिकेको पैसा साउदीकै बेङको बिन लादेन कम्पनीमा कार्यरत मुहमद नामका पाकिस्तानी नागरिकका नाममा वेष्टन युनियन मनि ट्रान्सफर मार्फत पठाउने गरेको बयान दिएकोे प्रहरीले जनाएको छ । यसअघि नेपाली युवकलाई प्रयोग गरेर आफुकहाँसम्म पैसा पठाउन लगाउदैँ आएका सुमितले उनका सहयोगी प्रकाश र मेघनाथ पक्राउ परेपछि घुमाउरो बाटो प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
सुमितले एनसेल ग्राहकवाट ठगी गरेको रकम झिक्न र आफुलाई पठाउने काममा खटाएका प्रत्येक व्यक्तिलाई २ प्रतिशतका दरले कमिसन दिने गरेको प्रकाउ परेकाहरुको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । पछिल्लो पटक बलि उल्लाहले साउदी अरेबीया पठाएको पैसा पुनः मुहमदले आफ्नो भागको कमिसन काटेर भारतमा सुमितलाई नै पठाइदिने गरेको हुनसक्ने प्रहरीको अनुमान छ । पछिल्लो पटक पक्राउ परेकाहरु विरुद्व मुद्दा दर्ता गराउनुका साथै मुख्य अभियुक्त सुमितको खोजी गर्ने क्रम जारी रहेको प्रनाउ कोइरालाले बताए । सुमितको यसअघि काठमाडौंको केन्द्रीय कारागारमा ठगी प्रकरणमा जेल परिसकेको प्रहरीले जनाएको छ ।
पाँचथर प्रहरीलाई निरन्तर सफलता कृष्णप्रसाद कोइराला प्रमुख बनेर आएपछि पाँचथर प्रहरीले अदालतका फैसला कार्यान्वयन गराउने अभियानअन्तर्गत फरार अभियुक्तहरुलाई पक्राउ गर्ने कार्यलाई तीब्र बनाएको छ । यस क्रममा बिसौँ वर्षदेखि फरार अभियुक्तहरुदेखि केही समय अघिबाट फरार अभियुक्तहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन पाँचथर प्रहरीले सफलता हाँसिल गरेको हो । एनसेल एपको प्रयोग गरि भइरहेको ठगी प्रकरणमा पाँचथर प्रहरीले निरन्तर सफलता पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, सतर्क रहन अनुरोध
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण