शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इन्डोनेसियामा ७.८ म्याग्निच्युडको भूकम्प

बिहीबार, २० फागुन २०७२, ०९ : ००
बिहीबार, २० फागुन २०७२

इन्डोनेसिया–इन्डोनेसियाको पश्चिमी सुमात्रा टापुमा बुधबार ७.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको इन्डोनेसियाका अधिकारीले जनाएका छन् ।

भूकम्पपछि पश्चिम र उत्तर सुमात्रा टापु वरपरका स्थानमा सुनामी आउन सक्ने भन्दै घर बाहिर रहेका सबै नागरिकलाई सुरक्षितस्थलमा रहन इन्डोनेसिया सरकारले आग्रह गरेको थियो। पछि सुनामीको खतरा नरहेको सरकारी अधिकारीहरुले बताएका थिए ।

भूकम्पको इपिसेन्टर जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइबाट आएको र भूकम्पको झट्का इन्डोनेसिया र यसका छिमेकी देशमा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट मानवीय क्षति भए नभएकोबारे यो समाचार तयार पार्दासम्म कुनै रिपोर्ट आइनसकेको इन्डोनेसियाले जनाएको छ । भूकम्पपछि ५ देखि ७ वटा पराकम्पनहरु आएपनि विस्तारै त्यसको शक्ति क्षय भइरहेकाले डराउनुपर्ने स्थिति नरहेको भूगर्भविद्हरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप