शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आर्सनल र टोटनहमको लिग उपाधि होडमा धक्का

बिहीबार, २० फागुन २०७२, ०९ : १८
बिहीबार, २० फागुन २०७२

लण्डन – १२ वर्षपछि प्रिमियर लिगको उपाधि जित्ने होडमा रहेको आर्सनलको सपनामाथि ठूलो धक्का लागेको छ । आफ्नै घरेलु मैदानमा स्वान्सी सिटीसँग २–१ गोलअन्तरले पराजि भएपछि शीर्ष स्थानमा रहेको लेस्टर सिटीसँगको दुरी घटाउने अवसर गुमायो । खेलमा जोयल क्याम्बेलको गोलको मद्दतले आर्सनलले खेलको शुरुवातमा नै अग्रता लिए पनि वेयन रटलेज र एस्ले विलियमले गोल गर्दै आर्सनलको सपना चकनाचुर बनाए । यसअघि ओलिभर जिरु र एलेक्सिस सान्चेजको प्रहार बारमा लागेर फर्किएको थियो । सन् २०१० पछि आर्सनल पहिलो पटक लागतार ३ खेलमा पराजित भएको छ ।

उता, लेस्टर सिटी बराबरीमा रोकिएको फाइदा उठाउँदै लिगको शीर्ष स्थानमा उक्लने प्रयासमा रहेको टोटनहम हटस्पर्स पनि पराजित भएको छ । अपटन पार्कमा वेस्ट ह्यामसँग १–० ले पराजित बन्यो । खेलको ७ औं मिनेटमा मिकेल एन्टोनियोको एक मात्र गोल निर्णायक बन्न पुग्यो । लिगमा ५७ अंक सहित लेस्टर शीर्ष स्थानमा रहेको छ भने टोटनहम ५४ अंकसहित दोस्रो स्थानमा रहेको छ । आर्सनल र म्यान्चेस्टर सिटी क्रमशः लिगको तेस्रो र चौंथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप