कस्तो होला बाबुरामको नयाँ शक्ति ? एक लाख सदस्य वनाएर मात्र पार्टी घोषणा
पोखरा –एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति अभियानमा जुटेका डा वावुराम भट्टराईको नयाँ शक्ति कस्तो होला भन्नेमा आम नागरिकलाई चासो छ । कतिपय नागरिकले नयाँ शक्ति भने पनि उही पुरानै जस्तो हो भनेका छन् भने कतिपयले नयाँ शक्तिलाई फरक ढंगले वुझेका छन् । स्वयं नयाँ शक्ति अभियानका अभियान्ता डा वावुराम भट्टराईले भने नयाँ शक्ति भनेको विगतदेखि नेपालमा रहेका शक्ति भन्दा फरक हुने वताएका छन् । नयाँ शक्ति नेपाल प्रदेश नं ४ को अन्तरिम परिषद वैठकमा प्रशिक्षण दिन विहीवार पोखरा आएका डा भट्राईले पोखराका पत्रकारहरु सँग कुरा गर्दै नयाँ शक्ति भनेको आर्थिक पारदर्शीता र सुशासनको शक्ति भएको वताए । नयाँ शक्तिका अभियान्ता डा भट्टराईले पार्टीका १ लाख सदस्य पुर्याएर मात्रै नयाँ पार्टी घोषणा गरिने वताए । उनले देशभरी जनलहर वढेकोले नयाँ शक्ति घोषणा हुन धेरै समय नलाग्ने वताए । नेपालमा संविधान सभावाट नयाँ संविधान वनेकोले अवको युग भनेको विकासको युग भएको उनले वताए । उनले नयाँ शक्तिले अरु पार्टीले जस्तो जथाभावी रकम उठाएर हिसाव किताव गोलमाल गर्ने पार्टी नभई पारदर्शी पार्टी वन्ने दावी गरेका छन् । हालसम्म स्वयं व्यक्तिले पैसा उठाएर कार्यक्रम खर्च चलाउँदै आएको पार्टीमा अव व्यक्तिगत तथा संस्था गत खर्च उठाईने उनले जानकारी दिए । अव पार्टीका लागि सहयोग गर्नेलाई वाध्यतामा नपारिने वताउँदै डा भट्टराईले एक व्यक्तिको लागि ५० हजार र संघ संस्थावाट २० लाख रुपैयाँसम्म रकम उठाएर पार्टी संञ्चालन गर्ने पार्टीको नीति भएको सुनाए । उनले १० हजार वढीको रकम वैंक मार्फत नै स्वीकार गरिने वताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण