पूर्वमा पहिलोपटक राष्ट्रियस्तरको भलिवल प्रतियोगिता हुने
बिहीबार, २० फागुन २०७२, १८ : ०२
धाइजन - पूर्वमा पहिलो पटक झापाको धाइजनमा राष्ट्रियस्तरको भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रदान गरिने पुरस्कार देशमै पहिलो र सर्वाधिक पुरस्कार राशीको हुनेछ । धाइजन र दुहागढीका स्थानीय राजनीतिक दल, बुद्धिजीवी, संघसंस्थाका पदाधिकारी, समाजसेवी, पत्रकार तथा भलिवल संघको पहलमा तेश्रो राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता २०७२ हुने निश्चय भएको हो ।
नेपाल भलिवल संघको मुुख्य आयोजना तथा दुहागढी र धाइजन सञ्चालित बिहानी बचत तथा ऋण सहकारी संस्था आयोजक रहनेछ । उक्त राष्टिय पुरुष भलिवल प्रतियोगिताबाट प्रथम हुने टीमलाई देशकै पहिलो तथा सर्वाधिक पुरस्कार राशी नगद ३ लाख १५ हजार तथा सिल्ड ट्रफि तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।
राष्ट्रिय भलिवल प्रतियोगितामा पाँच विकास क्षेत्रबाट ५ वटा टीम र नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, तथा जाउलाखेल भलिवल क्लबको गरी नौ वटा भलिवल टीमले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ ।
खेल सञ्चालनका लागि बिहीबार धाइजनमा सम्पन्न अन्तरक्रियापछि बालकृष्ण रिजालको अध्यक्षतामा १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण