शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

६–६ जना उप्रधानमन्त्री बनाउने निर्वाचन प्रणालीको समिक्षा गरौं : प्रकाशमान

बिहीबार, २० फागुन २०७२, १९ : ३४
बिहीबार, २० फागुन २०७२
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीमाथि व्यंग्य गर्दै उखान टुक्काले देश नचल्ने बताएका छन् । ०४६ को आन्दोलन सफल भएपछि गणेशमान सिंहले आर्थिक क्रान्ति गर्नुपर्ने बताएको स्मरण गर्दै उनले नयाँ संविधानपछि आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘नेपालमा समृद्धि ल्याउनका लागि काम गर्नुपर्ने छ । उखान टुक्काले देश चल्दैन ।’ सिंहले ६ जना उपप्रधानमन्त्री राखेको विषयमा पनि सरकारमाथि प्रश्न उठाए । ‘सरकार टिकाउन उपप्रधानममन्त्रीमाथि उपप्रधानमन्त्री राखिएको छ । हाम्रो महाधिवेशनले मिश्रित निर्वाचन प्रणालीले ल्याएको नकरात्मक प्रभावको पनि समीक्षा गर्नुपर्छ,’ सिंहले भने ।

उनले नयाँ राजनीतिक परिवर्तनपछि र नयाँ संविधान आएपछि महाधिवेशन गर्ने पहिलो पार्टी भएको बताए । उनले भने, ‘नेपाललाई प्रजातान्त्रिक अभ्यास गर्न देशलाई अगाढि बढाउन महाधिवेशन कोशेढुंगा हुनेछ ।’

सिंहले आफ्नै पार्टीको नेतृत्वमा, विशेषगरेर आफ्नै पार्टीको नेतृत्वमा बनेको संविधानलाई चाँडो भन्दा चाँडो कार्यन्वयन गरेर सुशील दालाई सच्चा श्रद्धान्जली दिनका लागि काँग्रेसले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

‘सुशील दाले सधै पार्टीलाई संस्थागत गर्नुपर्यो भन्नुहुन्थ्यो । उहाँको इच्छा पुरा गर्ने भनेको पार्टीलाई संस्थागत गर्ने नेता खोज्ने जिम्मेवारी तपाईहरुको काँधमा आएका छ,’ सिंहले भने, ‘महाधिवेशनबाट नेतृत्व चयन गर्दा अहिलेको चुनौति सामना गर्न सक्ने नेता चुन्नुहोला । म नाम लिन चाहन्न ।’ उनले यो महाधिवेशनले नेपाललाई ठीक ठाँउमा राख्ने कि नराख्ने निर्णय गर्ने बताउँदै उपस्थित प्रतिनिधीहरुलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । उनले काँग्रेसको १३ औं महाधिवेशनमा निर्वाचनको मात्र कुरा नभएर नीति बनाउने कुरामा विशेष ध्यान दिने बताए । इतिहासको कुरा गरेर मात्र, संस्थापक नेताको नाम भजाएर अब जनताले नपत्याउने जिकिर गरे । ‘काँग्रेसको विशेषता भनेको यसले प्रचार मात्र होइन, आदर्शलाई स्थापित गराउन धेरै त्याग, तपस्या गरेको छ । धेरै दुःख र कष्ट सहेको छ, उनले भने, ‘जनताले यही भएर विश्वास गरेका छन् । समाजमा भिजेको पार्टी हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप