शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्डले तताए काँग्रेसको मञ्च : मञ्चमा देखियो पौडेल भर्सेस प्रचण्ड

बिहीबार, २० फागुन २०७२, १९ : ०८
बिहीबार, २० फागुन २०७२

काठमाडौं – नेपाली काँग्रेसको १३ औँ महाधिवेशन उद्घाटन सत्रमा एमाओवादी अध्यक्ष प्रचण्डले आक्रमक भाषण गरेर महोल तताएका छन् । खुल्लामञ्चमा प्रचण्डले भगतसिँहलाई आफ्नो कुरा सुन्नलाई मञ्चमै बस्न भनेको भन्दै प्रश्न तेर्साए, ‘हामीले नाकाबन्दी गर्ने गरी के गल्ती गरेका थियौँ र ?’ भनेपछि खुल्लामञ्च नै गुञ्जायमान भएका थियो । भारतले अवदेखि यस्तो गल्ती नदोहो¥याओस् भनेर प्रचण्डको भनाई आएपछि काँग्रेस कार्यकर्ताले तालिपिटेर खुल्लामञ्च गुञ्जाए । नेता कार्यकर्ताको भावना बुझ्न कार्यक्रमभरी बसेँ प्रचण्डले काँग्रेस नेता कार्यकर्ताको मनोभावना बुझ्नका लागि आफू दिनभरी बसेर कार्यक्रम अवलोकन गरेको बताए । ‘म पनि पहिला नै भाषण गरेर जाउँ कि जस्तो लागको थियो’ उनले भने ‘तर मलाई कार्यक्रम अवलोकन गर्नु थियो, त्यसैले दिनभरी बसेर बुझेँ ।’ देउवा र सिटौलाको नाम लिए, रामचन्द्रको लिएनन् भाषणमा प्रचण्डले सभापतिका तीन जना उम्मेदवार मध्ये देउवा र सिटौलाको नाम लिएपनि पौडेलेका नामै उच्चारण गरेनन् । शान्ति सम्झौताका बेला देउवा कालो कोठरीम रहेको बताए भने कृष्ण प्रसाद सिटौलाले गिरीजा प्रसाद कोईरालासंग शान्ति सम्झौताका क्रममा महत्वपूर्ण भूमिका लिएको भन्दै प्रसंसा गरेका थिए । काँग्रेसको योगदान महत्वपूर्ण कार्यक्रममा प्रचण्डले २००७ सालदेखि यहाँसम्म आईपुग्दा काँग्रेसका भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे । उनले गिरीजा प्रसाद कोईरालालाई ‘टावर पर्सनालिटी’ भन्दै प्रंसशा गरे । तर यो शान्ति प्रकृया र संविधान निर्माणमा काँग्रेस नेताहरुले आफूहरुले एक्लै काम गरेको भन्दा आफ्नो मन दुःखेको गुनासो गरे । पौडेलले गरे प्रतिवाद प्र्रचण्डले काँग्रेस नेताहरुले आफ्नो मात्र योगदान गरेको भन्दा आफ्नो चित्त दुख्ने बताएपछि काँग्रेस कार्यवाहक सभापति पौडेलले आफ्नो पार्टीको भुमिका महत्वपूर्ण रहेको भन्दै स्विकार्न प्रचण्डलाई आग्रह गरे । प्रचण्ड लगायका अधिकाँस बक्ताहरुले गिरीजाप्रसाद, शुसिल कोईराला लगायतको योगदानको चर्चा गरेको र आफ्नो नामै नलिएपछि पौडेलले राजनीतिप्रति जनताको वितृष्णा रहेकोले आत्महत्या गर्न मन लाग्ने गरेको समेत बताए । तर प्रचण्डले काँग्रेसको महाधिवेशनलाई आफूले नियालेर हेरेको भनेकोले काँग्रेस महाधिवेशन प्रति राष्ट्रिय अन्तराष्ट्रिय तहमा चाँसो भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप