घुस माग्ने जिल्ला शिक्षा अधिकारीविरुद्ध मुद्दा दायर
बिहीबार, २० फागुन २०७२, २० : ११
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै पक्राउ परेका जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार बाराका एक प्राथमिक विद्यालयमा कार्यरत शिक्षिकाको २०७० सालको अन्तिम चौमासिक तलब र एक वर्षको बढी तलब निकासा गर्नका लागि निवेदनसँग रु १० हजार घुस माग्दामाग्दै थलोबाटै पक्राउ परेका थिए । आयोगले जिल्ला शिक्षा अधिकारी भण्डारीविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण