किन गर्यो मधेशी मोर्चाले काँग्रेस महाधिवेशन बहिष्कार ?
काठमाडौं – प्रधानमन्त्रीको चुनावमा काँग्रेसका तत्कालिन सभापति स्व.सुशील कोइरलालाई मतदान गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज सो पार्टीका महाधिवेशनलाई वहिष्कार गरेको छ । काँग्रेसका महाधिवेशनमा मोर्चामा आबद्ध दलहरुलाई पार्टीले शुभकामनाका लागि निमन्त्रणा पठाएको थियो तर आज मधेशी मोर्चाका कुनै पनि नेताहरु उद्घाटनमा सहभागि भएनन् । सरकारमा सहभागी मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदार मात्र सहभागी थिए । त्यसो त मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पार्टीको कामले राजधानी बाहिर छन् । नितिश कुमारलाई भेट्नु पर्ने भन्दै राजधानी बाहिर रहेका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव हिजै काठमाडौ आएका थिए भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि मधेशका अन्य आफ्ना कार्यक्रम रद्द गरि काठमाडौमै छन् । त्यस्तै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पनि काठमाडौंमा छन् तर उनीहरुमध्ये कोही पनि महाधिवेशनको सफलताका लागि शुभकामना दिन गएनन् । प्रधानमन्त्रीको चुनावमा भाग लिएपछि मधेशी मोर्चाका नेताहरु निकै आलोचना भएको थियो । काँग्रेसकै नेतृत्व रहेको सरकारले संविधान जारी गरेको, त्यसमा मधेशको अधिकार कटौती गरेको, काँग्रेसकै नेतृत्व सरकारले मधेश आन्दोलनलाई सबभन्दा बढी दमन गरेको, दर्जनौ मधेसीको हत्या गरेको भन्द्यै मधेशमा आलोचना भएको कारणले मधेशी मोर्चाका नेताहरु डराएर आलोचना हुने डरले महाधिवशेनमा भाग नलिएको मोर्चाका एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण