शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाल आउनुअघि भगतसिंहले किन भेटे यी नेताहरुलाई ?

बिहीबार, २० फागुन २०७२, २१ : ०४
बिहीबार, २० फागुन २०७२

काठमाडौं - काँग्रेस महाधिवेशनमा नेपाल आउनुपूर्व भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्वमूख्यमन्त्री भगतसिंह कोश्यारीले काँग्रेस भ्रातृसंगठनका नेताहरुलाई भेटेर आएको खुलेको छ । मन्तव्यको क्रममा नेपालमा बोल्नुपर्ने विषयको बारेमा जानकारी लिनका लागि उनले विद्यार्थी संघ भारतका अध्यक्ष मदन भण्डारी र तरुण दल भारतका उपाध्यक्ष मोहन शाक्यलाई भेटेर आएको खुलेको हो । उनले दिल्लीस्थित आफ्नै निवासमा बोलाएर ती नेताहरुलाई भेटेका थिए । नेपाली राजनीतिमा भारतको प्रभाव रहने र नेपालमा भारतको नाकाबन्दीका कारण परेको असरका बेला यहाँका जनताको मनोभावना बुझ्न उनीहरुसंग भेटेको बुझिएको छ । ‘हिन्छु छवी भएका भवतसिँह भारतको सत्तारुढ दलका नेता भएकोले पनि नेपालमा के बोल्ने भनेर छलफल गरेको हुनसक्छ’ स्रोतले भन्यो ‘नाकाबन्दी पछि भारतप्रति नकारात्मक भएका नेपाली जनताका बीचमा के बोल्ने भनेर उनले नेताहरुलाई भेटेर धारणा बनाए ।’ अघिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएर नेपालमा बनाएको सकारात्मक सोँच नाकाबन्दीपछि हराएकोले पनि उनले काँग्रेस निकटका नेताहरुलाई भेटेर आएको हुनसक्ने स्रोतले बताउँछ । पछिल्लोपटक भारतले नेपालसंग सम्बन्ध सुधारका लागि प्रयास गरिरहेको अवस्थामा नेताहरुलाई भेटेको हुनसक्ने स्रोतले बताएको छ । भारत नेपालका नेताहरुले सिधै सम्पर्क नगरी ‘र’ दुतावास अन्य कर्मचारी कर्मचारीको माध्यमबाट जाँदा गतल ब्रिफिङ्ग भएको हुनसक्ने आशंकामा भारतीय र नेपाली नेताहरुबीच सिधै संवादको माध्यबाट अगाडी बढ्न खोजेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप