शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खुल्लामञ्चमा के–के देखियो कांग्रेसको कमजोरी ?

बिहीबार, २० फागुन २०७२, २१ : ०८
बिहीबार, २० फागुन २०७२

काठमाडौं – पाँच बर्षपछि शुरु भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन सत्र जस्तो हुने अपेक्षा गरिएको थियो त्यस्तो हुन् सकेन् । रामचन्द्र पौडेलले स्टेजका गायकलाई धकेलेर हटाएसँगै शुरु भएको कमजोरीको चाङ एकपछि अर्को गर्दै बढ्यो । बिहीबार मध्यान्ह शुरु भएको उद्घाटन शत्रको उद्घोषण गर्ने जिम्मा पाएका ऋषिकेश तिवारीले निकै कमजोर देखिए । उप–प्रधानमन्त्री सिपी मैनाली महासचिव रहेका नेकपा मालेको नाम भन्दा समेत अकमकिएका तिवारीले विदेशी देशका प्रतिनिधीलाई आसन ग्रहण गर्नेबेला पटक–पटक अकमकिए । चीन र भारतका राजदुतको नाम भन्न नजानेका तिवारीले ‘चीन तथा भारतका राजदूत ज्यूलाई आसन ग्रहण गर्न आग्रह गर्दछु,’ भनेर मात्र सम्बोधन गरे । कार्यक्रम शुरु भएको लामो समयपछि शहिदको सम्झनामा आसन ग्रहण गराएका तिवारीले पटक–पटक माफि मागे तर गल्ती गर्न छाडेनन् । पार्टीको यत्ति ठुलो मेलाका नेपाली कांग्रेसले स्वयंसेवक परिचालन गरिएको देखिएन । भुपु सैनिक संघको कार्ड भिरेका केही स्वयंसेवक कार्यक्रमको शुरुमा मञ्चमा देखिएपनि पछि उनीहरु हराएका थिए । मञ्च व्यवस्थित थिएन्, जो जता पसेपनी पस्न र निस्कन छुट थियो । धुलाम्मे खुल्लामञ्चमा कांग्रस कार्यकर्ताहरुले पाँच घण्टा बिताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप