शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनपछि सरकार पुर्नगठन : ज्ञवाली

शुक्रबार, २१ फागुन २०७२, ०९ : ५१
शुक्रबार, २१ फागुन २०७२

भक्तपुर - नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसको महाधिवेशन सम्पन्न भएपछि सरकार पुर्नगठन हुनसक्ने बताएका छन् ।

रफत सञ्चार क्लबले बिहिबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले काँग्रेसको महाधिवेशनपछि पनि सरकारको नेतृत्व परिवर्तन नहुने तर काँग्रेसलाई पनि यही सरकारमा ल्याएर सरकार पुर्नगठन हुनसक्ने बताए ।

सचिव ज्ञवालीले काँग्रेस महाधिवेशनपछि काँग्रेसलगायत मधेसवादी दल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आउने दाबी गरे । उनले भने– “यो सरकारले स्थानीय निकायको निर्वाचन, आम निर्वाचन र प्रदेशसभाको निर्वाचन गराउँछ अनिमात्र सरकार हस्तान्तरण हुन्छ ।”

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा नेपालमा आवश्यकमध्ये ३० प्रतिशत पेट्रोलियम पदार्थ आपूर्तिका लागि सम्झौता हुने बताउँदै उनले नेपाल–चीन स्वतन्त्र व्यापारका लागि र नेपालको पूर्वाधार एवम् जलस्रोतमा लगानी गर्नका लागि दुई देशबीच सम्झौता हुने बताए ।

सचिव ज्ञवालीले प्रधानमन्त्री ओलीले गरेको भारत भ्रमणबाट दुई देशबीच राजनीतिक रुपमा नै सम्बन्ध पुनःस्थापित भएको दाबी गर्दै आगामी दिनमा नेपाली जनताले भारतबाट नाकाबन्दीको सामना गर्न नपर्ने विश्वास व्यक्त गरे । अहिले पनि भारतबाट ७० प्रतिशतमात्र इन्धन आपूर्ति आएको र बाँकी ३० प्रतिशत केही समयभित्रै आपूर्ति सहज हुने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप