महाधिवेशनमा हालसम्म १६३ उम्मेदवारको उम्मेदवारी, १२ बजेसम्म दर्ता समय
शुक्रबार, २१ फागुन २०७२, १० : ०१
काठमाडौँ - नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ताको क्रम बढेको छ ।
पार्टी मुख्यालय सानेपामा बिहिबार बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता बेलुकासम्म जारी रहँदा विभिन्न पदमा १६३ उम्मेदवारको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । दर्ता भएकामध्ये सभापति एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य ४८, प्रदेश सदस्य ४४, आदिवासी जनजाति आरक्षण १७, आदिवासी जनजाति महिला र दलित आरक्षण छ–छ, दलित आरक्षण महिला तीन, महिला आरक्षण २२, मधेस आरक्षण नौ, मधेसी महिला पाँच र मुस्लिममा एक जनाको उम्मेदवारी परेको छ ।
मनोनयन दर्ताका लागि सभापतिका लागि रु २० हजार, महामन्त्रीका लागि रु १५ हजार, कोषाध्यक्षका लागि रु १५ हजार र सदस्यका लागि रु पाँच हजार ५०० शुल्क तोकिएको छ । मनोनयन दर्ता समय शुक्रबार मध्याह्न १२ बजेसम्म छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदी, पहाड र मौनता : बैतडीको यात्रा
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण