शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कुवेतमा ठूलो परिमाणमा मदिरासहित सात नेपाली पक्राऊ

शुक्रबार, २१ फागुन २०७२, १० : ५७
शुक्रबार, २१ फागुन २०७२

कुवेत - कुवेतमा रक्सीको कारखाना खोली अबैध धन्दा गर्ने सात नेपाली पक्राऊ परेका छन् । कुवेतको साल्वा भन्ने स्थानमा प्रहरीले छापामारी हिजो राती सात जनालाई पक्राऊ गरेको हो भने पक्राउ परेका सातै जना नेपाली रहेको खुलेको छ । प्रहरीले उनीहरुका साथबाट १५०० बोतल रक्सी, २५० ड्रम रक्सी बनाउने कच्चा पदार्थ बरामद गरेको छ । पक्राउ पर्ने सात जना मध्ये ४ महिला र ३ पुरुष छन् । प्रहरीले उनीहरुलाइ पक्राऊ गरी थप अनुसन्धान गरिरहेको बुझिएको छ । स्थानीय प्रहरीले कुवेतमा अहिलेसम्मकै सवै भन्दा ठुलो रक्सी कारखाना पत्ता लगाएको बताएको छ । पक्राऊ परेका नेपालीहरुको यस्तो गैर कानूनी कार्यको भिडियो सहितका समाचारहरु बाहिर आएका छन् । अबैध रुपमा बसेका नेपाली खास गरि नेपाली समुदाय संग जोडिएको बिभिन्न अपराधिक कृयाकलापहरु कुवेतमा दिनहू बढ्दै गईरहको छ ्र बिभिन्न अनैतिक काममा लागेको, गैरकानुनी काम गरेको, लागु औषधको कारोवार गरेको, बेस्यावृतिमा संलग्न रहेको, मदिरा बनाउने काम गरेको, अनैतिक सम्बन्धबाट बच्चा पाएर बसेको, जस्ता खबर अत्याधिक बढ्न थालेको स्थानीय पत्रपत्रिकामा पढ्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप