शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सार्क कानुन सम्मेलन शनिबारदेखि

शुक्रबार, २१ फागुन २०७२, ११ : ३०
शुक्रबार, २१ फागुन २०७२

काठमाडौँ - दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १३ औँ कानुन सम्मेलन तथा सार्क मुलुकका प्रधानन्यायाधीशको १० औँ सम्मेलन यही फागुन २२–२३ गते यहाँ हुने भएको छ ।

सार्क राष्ट्रका कानुन व्यवसायी, न्यायाधीश र कानुनका प्राध्यापकको सहभागिता हुने उक्त सम्मेलनको मूल विषय ‘कानुन, न्याय, सुशासन र विकासका माध्यमबाट सार्कमा सम्बन्ध विस्तार’ रहेको प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताए ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सार्क लका अध्यक्ष समेत रहनुभएका प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनबाट सार्कको गरिमा वृद्धिका साथै एकार्काका अनुभवबाट लाभान्वित हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा माल्दिभ्सबाहेक सार्कका सबै राष्ट्रको सहभागिता रहने र नेपालबाट १५१ जनाले भाग लिने सार्क ल नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप