शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एक खेलमा बार्सिलोना र मेस्सीको दुई किर्तिमान

शुक्रबार, २१ फागुन २०७२, १३ : ०३
शुक्रबार, २१ फागुन २०७२

बार्सिलोना – ९ खेलाडीमा सिमित रायो भायोकानोलाई पराजित गर्दै बार्सिलोनाले २७ वर्षीय पूरानो स्पेनिस किर्तिमान तोडेका छन् । सबै प्रतियोगिताहरुमा लगतार ३५ खेलमा अपराजित रहँदै बार्सिलोनाले नयाँ किर्तिमान बनाएको हो । बिहिबार राती सम्पन्न खेलमा बार्सिलोनाले ५–१ ले खेल आफ्नो पक्षमा पार्यो । बार्सिलोनालई जीत दिलाउने क्रममा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले ह्याट्रिक गरे भने इभान र्याकिटच र आर्डा टुरानले एक–एक गोल गरे । बार्सिलोना आएपछि टुरानको पहिलो गोल गोल हो । भायोकानोका लागि एक मात्र गोल मानुचोले गरे । भायोकानोका म्यानुअल इटुरा र डिएगो लोरेन्टेले रातो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो । बार्सिलोनाको किर्तिमानसँगे लियोनेल मेस्सीले पनि आफ्नो ह्याट्रिकको संख्या ३५ पुर्याएका छन् । यससँगै उनले रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोको किर्तिमान बराबरी गरेका छन् । यस सिजन मेस्सीको व्यक्तिगत गोल संख्या ३३ पुगेको छ । जीतसँगै बार्सिलोनाले लिगमा ८ अंकको अग्रता बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप