शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेसको बन्दसत्र २ बजेबाट

शुक्रबार, २१ फागुन २०७२, १३ : १६
शुक्रबार, २१ फागुन २०७२
काठमाडौँ - नेपाली काँग्रेसको १३ औं महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो २ बजेबाट सुरु हुने भएको छ । भृकुटीमण्डपमा दिउँसो २ बजेबाट सुरु हुने सो बन्दसत्रमा पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम तथा महामन्त्रीले पार्टीको सङ्गठनसम्बन्धी र कोषाध्यक्षले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरिने कार्यक्रम छ । पार्टी प्रवक्ता दिलेन्द्र बडूका अनुसार नीति तथा कार्यक्रममा काँग्रेसको मूल आदर्श राष्ट्रियता, प्रजातन्त्र, समाजवादका बारेमा समसामयिक व्याख्या, समसायिक राजनीतिक विश्लेषणलाई समेटिएको छ । नयाँ नेतृत्वका लागि आजसम्म मनोनय दर्ताको कार्यक्रम रहेको हुँदा बन्दसत्रको कार्यक्रम दिउँसो राखिएको काँग्रेसले जनाएको छ । महाधिवेशन बिहीबारदेखि सुरु भएको हो । बन्दसत्र आयोजना हुने स्थल वरपर र प्रवेश मार्गमा नयाँ नेतृत्वका लागि समर्थक पर्चा बाँडेर मत माग्न थालेका छन् । भृकुटीमण्डप परिसर उम्मेदवारी दिएका उम्मेदवारका फ्लेक्स प्रचारप्रसार सामग्रीले रङ्गीचङ्गी बनेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप