बन्द खुलेपनि सिरहा अस्पतालमा अझै औषधिको अभाब
सिरहा – बन्द खुलेपनि जिल्ला अस्पताल सिरहा तथा ग्रामीण क्षेत्रमा रहेका सम्पूर्ण सरकारी अस्पतालमा औषधि अभावका कारण उपचार सेवा प्रभावित भएको छ । सरकारद्वारा बिरामीलाई निःशुल्क रूपमा वितरण गरिने आधारभूत औषधि समेतको अभाव भएपछि जिल्लाका सम्पूर्ण सरकारी अस्पतालमा उपचार सेवा प्रभावित बनेका हो । जिल्ला सदरमुकाममा रहेका जिल्ला अस्पताल सिरहा प्राथमिकस्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र क्लिनिकसहित सम्पूर्ण स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा औषधि नहुँदा सर्वसाधारण बिरामीको उपचार सेवा प्रभावित बनेको जिल्ला अस्पताल सिरहाका सूचना अधिकृत राजबिर यादवले बताए । औषधिको अभावका कारण चिकित्सकले लेखेको प्रेस्क्रिप्सन लिएर सर्वसाधारण औषधि लिन जिल्ला सदरमुकाम सिरहाका विभिन्न निजी औषधि पसलमा गई बढी मुल्य तिरेर औषधि लिन बध्य भएको गोलबजार स्थानीय राधिका साहले गुनासो पोख्छिन् । साह आमाको उपचारका लागी जिल्ला अस्पताल पुगेका थिइन् । तर, त्यहाँ औषधि नपाएपछि निजी औषधि पसलबाट बढी मूल्यमा औषधि किन्न बाध्य भइन् । सूचना अधिकृत यादब पनि जिल्लामा औषधि अभाव हुँदा सर्वसाधारणहरु सीमापारि भारतीय बजारमा समेत औषधि लिन जान बाध्य भएको स्वीकार गर्छन् ।
सिरहा जिल्ला अस्पताल सिरहा गोलबजार लहान अस्पतालसहित सिरहामा रहेका ४ स्वास्थ्य केन्द्र, १०९ स्वास्थ्य चौकी र १ उपस्वास्थ्य चौकीमा समेत लाइफ सेभिङ ड्रगका साथसाथै जीवनजल, सिटामोल, आइरन चक्की, सलाइन पानी, एन्टिबायोटिक औषधि, भ्याक्सिन, इन्जेक्सन आइटम र आकस्मिक कक्षमा आएका तथा शल्यक्रिया गर्दा प्रयोग गरिने औषधिको अभाव भएको छ । जिल्ला अस्पतालमा औषधिका साथै रगत, दिसापिसाब, जाँच गर्ने प्रयोगशालामा समेत केमिकल अभाव भएको छ । त्यस्तै सर्पदंशविरुद्ध चाहिने एन्टी स्नेक भेनम र कुकुरको टोकाइविरुद्ध रविपुर एन्टी रेबिज औषधिको समेत अभाव रहेको छ । त्यस्तै झाडापखालाको मेट्टोन, ग्यास्ट्रिकको एन्टासिड, गर्भवती महिलाका लागि आइरन चक्की, टिटी खोप, बालबालिकाको बिसिजी, टिपिटी खोप तथा क्षयरोगका बिरामीको औषधिको अभाव भएको हो । सुत्केरी बेथा लागेका महिलाको आकस्मिक शल्यक्रिया गर्दा बेहोस बनाउने भ्याक्सिन बुपिभ्याक्सिन र दुखाई कम गर्ने पेथिडिनको अभावका कारण शल्यक्रिया सेवा प्रभावित भएको छ । अस्पतालको ओपिडी र इनडोरमा भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला, स्केक वाइटलगायतका विभिन्न रोग फैलिने मौसम भएकाले दैनिक जिल्ला अस्पताल सिरहा मात्र १२५ देखि १५० जनासम्म विरामी अस्पतालमा उपचारका क्रममा आउने गरेको छन् । जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा जीवनजल, जिङ्क, सिटामोललगायत सरकारले उपलब्ध गराउँदै आएका ७० प्रकारका औषधि नहुँदा उपचार गर्न निकै गाह्रो भएको जिल्ला अस्पताल सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण