शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बन्ने भयो राष्ट्रिय महागठबन्धन

शुक्रबार, २१ फागुन २०७२, १३ : ४८
शुक्रबार, २१ फागुन २०७२

काठमाडौं–संघिय नव विचार समुहका राष्ट्रिय संयोजक रिजवान अन्सारीको अध्यक्षतामा बिहिबार बसेको केन्द्रिय समितिको बैठकले संघियता , धर्मनिरपेक्षता, पूर्ण समानुपातिक समाबेशीको पक्षधर ,विभिन्न जातीय समुदायको मोर्चा संगठनलाई मिलाएर राष्ट्रिय महागठबन्धन बनाउने निर्णय गरेको छ । मधेशी मोर्चाको अदुरदर्शिता तथा जनता प्रति को गैर जिम्मेवारी पूर्ण रवैयाले मधेश आन्दोलन बिना परिणाम तुहिएको भनि समिक्षा गरेको छ । ‘मोर्चा भित्र रहेका केहि अराजनीतिक चरित्रका नेताको अहम र संकुचित सोचले गर्दा मोर्चा महागठबन्धनको रुप नलिएर विस्तार मात्र भएको हो,’ अन्सारी भन्छन, ‘ तर हामीले सबै संसद भित्र र बाहिर रहेका अधिकारवादी शक्ति संग मिलेर राष्ट्रिय महाघठबन्धन बनाउने निर्णय गरेका छौ ।’ मधेशी,मुस्लिम महिला,दलित ,आदिवाशी जनजाती,पिछडिएको समुदायको अधिकारको आन्दोलन बारे यसको सम्भावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम देशको पाच वटा सहर बिरगंज , नेपालगंज , बिराटनगर ,जनकपुर र काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । साथै नवबिचार समूह भित्र र बाहिरको समूहलाई मिलाएर चैत्र १३ गते नया शक्ति निर्माण गर्न राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप