शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शुभकामना दिँदै केसीले भने, ‘ निर्वाचनका तिक्तता मेटाउने जिम्मेवारी विजेताहरुको काँधमा छ’

मङ्गलबार, २५ फागुन २०७२, २० : ४२
मङ्गलबार, २५ फागुन २०७२
काठमाडौं – नेपाली कांग्रेसको १३ महाधिवेशनमा महामन्त्री पदमा उठेर पराजित बनेका अर्जुन नरसिंह केसीले विजेताहरुलाई सफल कार्यकालको शुभकामना दिएका छन् । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनले शुभकमाना दिएका हुन् । ‘महाधिवेशनबाट निर्वाचित हुनुभएका आदरणीय पार्टी सभापति, महामन्त्री, कोषाध्यक्ष र सदस्यहरू प्रति मेरो हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना छ,’ विज्ञप्तिमा भनिएको छ । उनले निर्वाचनका दौरान उत्पन्न भएका तिक्ततालाई मेटाउने जिम्मेवारी विजेताहरुको काँधमा रहेको बताएका छन् । ‘निर्वाचनका दौरान उत्पन्न भएका तिक्ततालाई मेटाउँदै पार्टीभित्र उत्साही र प्रीतिकर वातावरण बनाएर लक्ष्यमा पु¥याउने परम जिम्मेवारी निर्वाचित साथीहरूका काँधमा आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई नेता मुखी र नातामुखी होइन, नीतिमुखी बनाउने, आन्तरिक लोकतन्त्र, संस्थागत कार्यपद्धति र अनुशासनलाई प्रभावकारी बनाउने, पार्टीप्रति समर्पित भएर सक्रिय रहेका निष्ठावान कार्यकर्ता साथीहरूको न्यायोचित मूल्याङ्कनको परिपाटी बसाल्नुपर्ने, पार्टीका आधारभूत सिद्धान्त तथा नीतिलाई पुनःस्थापित गर्ने जिम्मेवारी नवनिर्वाचित नेतृत्वको काँधमा आएको हुनाले यस्ता विषयमा मोलाहिजा नगरी कार्यान्वयन गर्ने जिम्मेवारी पूरा हुने मैले अपेक्षा गरेको छु । यी मूल्य र मान्यताहरूलाई कार्यान्वयन गर्नका लागि म सदैव प्रतिबद्ध रहने छु । ’ उनले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप