शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकार उद्योगहरु निजिकरण गर्ने पक्षमा छैन : उद्योग मन्त्री पाण्डे

बुधबार, २६ फागुन २०७२, ११ : १२
बुधबार, २६ फागुन २०७२

उदयपुर, फागुन २६– उद्योग मन्त्री तथा नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले वर्तमान सरकार सरकारी स्वामित्वको उद्योगहरु निजीकरण गर्ने पक्षमा नरहेको बताएका छन् । उदयपुर सिमेन्ट उद्योगको निरीक्षण गर्ने शिलशिलामा उदयपुर सदरमुकाम गाईघाट आएका मन्त्री पाण्डेले प्रेस चौतारी उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

विगतका सरकारले निजीकरण गरेका उद्योगहरुबाट पाठ सिकेर कुनै पनि सरकारी स्वामित्वको उद्योगलाई निजिकरण हुन नदिने ठोकुवा गरे ।

मन्त्री पाण्डेले देशका सातै प्रदेशमा ठूला सरकारी उद्योग खोल्ने तयारी उद्योग मन्त्रालयले गरिरहेको जानकारी दिँदै केही समयअघिको भारतीय नाकाबन्दीले देशमा ग्याँस, प्रेट्रोल लगायतको इन्धन उत्खन्नको तिब्र तयारी गरिरहेको पत्रकारहरुलाई जानकारी दिए । उनले भने ‘दैलेख, काठमाण्डौ लगायतका क्षेत्रमा ग्याँस उत्खन्न क्षेत्रको पहिचानमा सरकार जुटेको छ’ ।

उनले मधेस आन्दोलनको कुनै विश्वास नरहेको बताएका छन् । पण्डेले मधेसमा हुने आन्दोलनको एउटा माग पुरा ग¥यो तत्कालै अर्को आन्दोलनको तयारी हुने भन्दै मधेसी दलका नेताको विश्वास गर्न नसकिने बताएका हुन् ।

नेपालले संसारकै उत्कृष्ट संविधान पाएको भन्दै मन्त्री पाण्डेले देशमा आन्दोलन गरेर आर्थिक विकास नहुने बताए । देशमा रहेका सरकारी स्वामित्वका उद्योगहरु कहिले पनि निजिकरण गर्न नहुने भन्दै अवका दिनमा सरकारले नै व्यवस्थित रुपमा संचालन गर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप