५५ लाखमा रक्त सञ्चार भवन निर्माण, प्रम ओलीले उद्घाटन गर्ने
बिर्तामोड–नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा बिर्तामोडको संयुक्त पहलमा बिर्तामोडमा रक्तसञ्चार सेवाको भवन निर्माण पूरा भएको छ ।
बिर्तामोड–१ स्थित देवी पञ्चकन्या प्लटिङ रहेको उक्त भवनको भोलि फागुन २७ गते विहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए । सभापति ढकालका अनुसार विहान ८ बजे प्रधानमन्त्री ओलीले रक्तसञ्चार सेवा भवनको उद्घाटन गर्नेछन् ।
बिर्तामोड र झापाका विभिन्न स्थानका दानवीरहरुले प्रदान गरेको सहयोगबाट उक्त भवन निर्माण गरिएको हो । भवन उद्घाटनको अवसरमा जग्गा दाता तथा भवन निर्माणमा सहयोग पु¥याउने सबैको योगदानको कदर गरी सम्मान पत्रद्वारा सम्मान गरिने रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिए । २०६९ साल असार ३ गतेबाट शुरु गरी ५५ लाख रुपैयाँको लागतमा रक्तसञ्चार सेवा भवन निर्माण गरिएको रेडक्रस बिर्तामोडका सचिव एकराज गिरीले बताए । तीन तले उक्त भवनमा रेडक्रस बिर्तामोडको कार्यालय तथा जिल्लाको सम्पर्क कार्यालय समेत रहेको छ । भवन निर्माणका लागि देवी पञ्चकन्या ल्याण्ड एण्ड हाउजिङ प्रालिले १२ धुर जग्गा निःशुल्क उपलब्ध गराएको थियो । भवन निर्माणका लागि एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्नेलाई रेडक्रसको यसेस्कर सदस्यता र २५ रुपैयाँभन्दा बढी प्रधान गर्नेलाई विशिष्ठ सदस्यता प्रदान गरिएको छ । उक्त भवनको पहिलो तलामा एक बर्षदेखि रक्तसञ्चार सेवा शुचारु रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण