चीन र अमेरिकाको विदेशमन्त्रीको टेलिफोन वार्ता
बेइजिङ– चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच बुधबार बिहान फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले बुधबार बिहान अमेरिकी विदेशमन्त्री जोन केरीलाई फोन गरेको जनाइएको छ ।
उक्त वार्ताका क्रममा चीन अमेरिका सम्बन्ध र पछिल्लो समयमा विकसित विश्व राजनीतिका विविध विषयमा छलफल भएको थियो । साथै उक्त वार्ता विशेषगरी पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बारेमा कुराकानी भएको बताइएको छ ।
चिनियाँ विदेशमन्त्रालयले दिएको जानकारीअनुसार सो वार्तामा हालैका दिनमा कोरियामा उत्पन्न भएको विवादका कारण विश्वमा बढेको चासोका साथै क्षेत्रीय लगानी र अन्य सुरक्षा चासोका बारेमा वार्ता भएको थियो । उत्तर कोरियाले हालै गरेको आणविक परीक्षणका कारण विश्वव्यापी रुपमा चासो छाएको छ । सो परीक्षणको विश्ववापी रुपमा विरोध भएपछि सो देशमाथि विभिन्न क्षेत्रमा नाकाबन्दी लगाइएको छ ।
उक्त नाकाबन्दीको विरोधमा उत्तर कोरियाले आफूले थप आणविक क्रियाकलापलाई निरन्तरता दिने चेतावनी पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण