जाजरकोटका सबै विद्यालयका प्रअलाई सदरमुकाममा आउन आग्रह
जाजरकोट–यहाँको जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै विद्यालयका प्रधानाध्यापकलाई सदरमुकाममा आमन्त्रण गरेको छ । फागुन २८ गते साक्षर जिल्ला घोषणा गर्ने मिति नजिक आइरहँदा फागुन २७ गते प्रअलाई सदरमुकाममा आमन्त्रण गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम गरी अगाडी बढिरहेका जिशिअ सिंहले यस पटक सवै प्रअलाई विशेष शैक्षिक सुधारका लागि निर्देशन दिने बताए । जिल्लाका ४ सय ४१ वटा विद्यालयमा शैक्षिक अवस्था सुधार गर्नका यस अघि विभिन्न जागरणमुलक कार्यक्रमहरु भईसकेका छन् । यस पटक बोलाएको प्रअ बैठकमा विशेष छलफल हुने बताइएको छ । फागुन २८ गते हुने साक्षर जिल्ला घोषणा कार्यक्रममा गृहमन्त्री शक्तिवहादुर बस्नेत सहभागी हुनेछन् । सो कार्यक्रमको रुकुमको रेडियो सानीभेरी एफएम र जाजरकोट एफएमले प्रत्यक्ष प्रशारण गर्ने छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण