मधेसका समस्या समाधान गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव
मोरङ-पूर्वराष्ट्रपति डा रामवरण यादवले मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई सुझाव दिएका छन् ।
उनको निजी सचिवालयले आज बिहान मोरङको विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा यादवले लोकतन्त्रमा विश्वास गर्नेहरुले मधेसका समस्या समाधनमा ध्यान दिनुपर्ने बताए । “लोकतान्त्रिक विधिबाट बनेको सरकार संयम भएर अघि बढ्नुपर्छ,” गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने, “आन्दोलनकारी पनि लोकतान्त्रिक विधिबाट चलन सक्नुपर्छ ।”
उनले आन्दोलनका नाममा मधेसलाई अलग बनाउने सपना नदेख्न आग्रह पनि गरे । यादवले सदियौँदेखि कामय रहेको मधेस र पहाडबीचको सुमधुर सम्बन्ध कायम राख्दै सिङ्गो नेपाललाई एक ढिक्का बनाएर लैजाने विषयमा ध्यान दिनुको विकल्प नभएको बताए ।
लामो समयको मधेस आन्दोलनका कारण मुलुकको अर्थतन्त्र जर्जर बनेको भन्दै उनले चिन्ता व्यक्त गरे । यादवले मुलुकलाई समृद्ध बनाउने दिशामा केन्द्रित हुन पनि सबैलाई आह्वान गरे ।
प्रजातन्त्रमा विश्वास गर्नेहरुले संविधान कार्यान्वयनलाई विशेष ध्यान दिए मुलुकमा राजनीतिक स्थिरता कायम हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण