शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खोटाङ दुर्घटना : मृतक २४ मध्ये १६ जनाको सनाखत

मङ्गलबार, ३० चैत २०७२, १४ : ०५
मङ्गलबार, ३० चैत २०७२

काठमाडौं – दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा चालकसहित २४ जनाको मृत्यु भएको छ, भने ३२ जना घाइते भएका छन् । मृत्यु हनेमा ७ जना महिला र १७ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । अहिले घटनास्थलमा मृत्यु हुनेहरुको सनाखत गर्न लागिएको जनाइएको छ । २३ जना घाइतेलाई करिब १५ मिनेट अगाडि सेनाको हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं ल्याइएको छ । बाँकी ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, भने २ जनालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमध्ये गाडी चालक काठमाडौंका अर्जुन उप्रेती, उदयपुरका शान्ता राई, बजुनारायण श्रेष्ठ, उदिम राई, हेम सुनुवार, ओमश्री राई, खोटाङ निर्मालीका विमला राई, सन्तोष कटवाल, सबिन राई, प्रेम राई, रबिन राई, सुरेन्द्र राई, डिकुवाका मेजर राई, याम्खाका भैरव राई, खार्मीकी नेत्रकुमारी राई, सुङ्देलका गोविन्द तिमिल्सना, सोलुखुम्बुकी सुस्मा राई र सोलखुम्बुकै सोम सुन्दासको सनाखत भएको सशस्त्र प्रहरी हलेसी गुल्मका निरीक्षक फुर्गेली शेर्पाले बताए । अन्यको सनाखत हुन सकेको छैन ।

त्यस्तै गम्भिर घाइते हुनेहरुमा उदयपुरका खेमराज राई, जक्सन राई, ढक बहादुर राई, अमर बहादुर मगर, विलकशेर राई, खोटाङका सर्मिला राई, राम कुमार राई, रेश्मा राई, निलम राई, प्रशान्त राई, सजिना वर्देवा, मिलन राई, शुक्र राई, मनोन बस्नेत, देवका कटवाल, खड्क बहादुर राई, प्रेम कुमार राई, धनुषाका रघुनाथ शाह, मोरङका सविन खनाल र पाँचथरका नरेन्द्र अधिकारी रहेका छन् भने ३ जनाको नाम खुलेको छैन् । उनीहरुलाई नेपाली सेनाका हेलिकप्टरबाट उपचारको लागि काठमाडौं ल्याइएको छ ।

सामान्य घाइते हुनेहरुमा ओखलढुङ्गाका सहचालक तेन्जी शेर्पा, उदयपुरका विष्णु राई, शाम्दु राई, तिलक राई, सविन राई, राजकुमार राई, देवेन्द्र राई खोटाङका किशोर राई रहेका छन् । उनीहरुको हलेसीस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप