यस्तो छ नवलपपरासी प्रहरीको तीन महिने प्रगति
मङ्गलबार, ३० चैत २०७२, १५ : ००
नवलपरासी – नवलपरासी प्रहरीले आफनो तीन महिने प्रगती विवरण प्रस्तुत गरेको छ ।
जिल्ला प्रहरी कार्र्यालयमा आयोजित कार्यक्रममा प्रहरी प्रमुख राजेन्द्र प्रसाद चौधरीले तीन महिनाको अवधिमा ७१ जना फरार अभियुक्त पक्राउ गरी अदालत समक्ष बुझाइएको जानकारी दिए ।
यस अबधिमा ट्राफिक नियम उल्लङघन गर्ने ६ हजार सात सय सवारीलाई कारबाही गरी ३२ लाख ३९ हजार राजस्व संकलन गरेको जानकारी दिइएको थियो ।
यस अवधीमा चोरी निकासी नियन्त्रण गर्ने क्रममा अवैध समान पक्राउ गरी ६० लाख ५१ हजार राजश्व संकलन भएको प्रहरी प्रमुख चौधरीले बताए ।
सोही अवधीमा वैदेशिक रोजगारी, चोरी, कर्तव्यज्यान, जबरजस्ती करणी, लागु औषध, कुटपिटलगायतका फरारी पक्राउ परेका हुन् ।
नवलपरासीको कावासोतीमा भएको बालिका बलात्कारको मुद्दाको अपराधीहरु पक्राउ गर्न प्रहरी नजिक पुगेको जानकारी प्रमुख चौधरीले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण