आगलागीबाट तीन लाख बराबरको क्षति
नवलपरासी– पक्लीहंवा गाविस– ८ बलिनगरमा आज दिउँसो आगलागी हुँदा करिब रु तीन लाख बराबरको क्षति भएको छ ।
स्थानीयवासी हनिफ मियाँको घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीयवासी श्याम थापाले जानकारी दिए । आगलागीबाट घरमा रहेका लत्ताकपडा, विद्युतीय उपकरण र खाद्यान्न जलेर नष्ट भएको छ ।
कसरी आगो लाग्यो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । उक्त घटनाबाट करिब रु तीन लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगो स्थानीय बासिन्दा र प्रहरीचौकी रामनगरको सहयोगमा नियन्त्रण गरिएको थियो ।
यसैबीच नवलपरासीको पक्लीहवा–८ स्थित बिपी माध्यमिक विद्यालयबाट छ थान कम्प्युटर चोरी भएको छ । दोस्रो तलाको कोठामा राखिएका कम्प्युटर गए राति चोरी भएको विद्यालयका प्रअ भागवतप्रसाद केवटले जानकारी दिए ।
घटनाको अनुसन्धान गरी चोरी गर्ने व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण