शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘विकास र समृद्धि’ राष्ट्रिय एजेन्डा : मन्त्री राई

मङ्गलबार, ३० चैत २०७२, १५ : ४६
मङ्गलबार, ३० चैत २०७२

ललितपुर– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले विकास र समृद्धि एक मात्र राष्ट्रिय एजेन्डा भएको बताएका छन् ।

गोल्मे–बेहेरे विकास समाजको तेस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले जनप्रतिनिधिबाट निर्मित संविधानको कार्यान्वयन वर्तमान सरकारको एक मात्र उद्देश्य भएको बताउ ।

जनआन्दोलनबाट प्राप्त अधिकारलाई संविधानले संस्थागत गरेको बताउँदै उनले भने – “जनता देशमा स्थायी शान्ति र स्थिरता कायम भएको हेर्न चाहन्छ ।”

सुशासन एवम् विकास निर्माण सबै राजनीतिक दलको साझा सङ्कल्प हुनुपर्नेमा उनले जोड दिए ।

समाजका संरक्षक गणेश राईले सञ्चारमन्त्री राईलाई ११ बुँदे ज्ञापनपत्र दिएका थिए । सो ज्ञापनपत्रमा भाषा र संस्कृतिको संरक्षण, पर्यटन प्रबद्र्धन, विद्यालय सुधार, ग्रामीण विद्युतीकरणलगायत विषय समेटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप