इन्भेष्टमेन्टको सेयर बाँडफाँड
काठमाडौँ–नेपाल इन्भेष्टमेन्ट बैंकले साना लगानीकर्तालाई न्यूनतम दश कित्ता सेयर प्रदान गरेको छ ।
बैंकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर एफपिओ सेयरमा लगानीकर्तालाई माग गरिएको सङ्ख्याको ३२.५ प्रतिशत र ठूला लगानीकर्तालाई ८.५ प्रतिशतका दरले बाँडफाँड गरिएको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ अर्ब चुक्ता पुँजी पु¥याउन गरेको निर्देशनअनुसार बैंकले साधारण लगानीकर्तालाई एफपिओमार्फत लगानी गर्न आग्रह गरेको थियो । बैंककाअनुसार दश र २० कित्ता माग गर्नेलाई गोला प्रथाबाट १० कित्ता सेयर प्रदान गरेको ‘घ’ भने ३० देखि ८० कित्ता आवेदन गर्नेलाई ३२.५ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको छ ।
त्यस्तै ९० देखि १८० सम्म आवेदन गर्नेलाई पनि १० कित्ता र १९० देखि दुई लाख कित्तासम्म आवेदन गर्नेलाई पनि ८.५ प्रतिशतका दरले मात्रै सेयर बाँडफाँड गरिएको छ ।
एफपिओमा एक लाख ६१ हजार १२० जनाले आवेदन दिएका थिए । त्यसमा ५६ हजार ५४२ जनाले भने रु ५० हजार भन्दा बढी रकमको सेयर माग गरेका थिए । अधिकतम दुई लाख कित्ता सेयर माग गर्ने २४ आवेदकलाई भने १७ हजार ३२ कित्ता सेयर प्रदान गरिएको छ ।
आवेदन परेको ४६औँं दिनमा सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषका निर्देशक रामकृष्ण पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगी सचेतना अभियान सुरु
-
ब्रिटिस स्टिल राष्ट्रियकरण गर्ने बेलायतको निर्णय, चीनले गर्यो विरोध
-
२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण