शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी सरकारद्वारा नेपाली सेनालाई अत्याधुनिक डुंगा हस्तान्तरण

मङ्गलबार, ३० चैत २०७२, १७ : २१
मङ्गलबार, ३० चैत २०७२

काठमाडौं–अमेरिकी सरकारद्धारा २ अत्याधुनिक डुंगा नेपाली सेनालाई हस्तान्तरण गरेको छ । २ अत्याधुनिक डुंगा मंगलबार चितवनस्थित महेन्द्र दल गणमा एक समारोहकाबीच अमेरिकी राजदूत एलाइनाबी ताप्लिजले प्रधानसेनापति राजेन्द क्षत्रीलाई हस्तान्तरण गरेकी हुन् ।

नेपाली सेनाको नं.२ विपद् व्यवस्थापन गणका गणपति निर्मल ज्योती ढुंगानाले भने, ‘अमेरिकी सरकारको यस प्रकारको सहयोगबाट नेपाली सेनाको विपद् व्यवस्थापन क्षमतामा अभिवृद्धि हुनेछ ।’

अमेरिकाका राजदुत ताप्लिजले आफ्नो मन्तव्य राख्दै भने, ‘नेपाली सेना विपद् व्यवस्थापनको लागि एक भरपर्दो र विश्वासिलो संस्था भएको अमेरिकाले नेपाली जनताको सुरक्षाको लागि नेपाली सेनासँग सहयात्री भई संयुक्त रुपमा काम गर्न पाएकोमा गर्व महशुस गरेको बताईन् ।

उनले प्राकृतिक प्रकोप मध्ये वर्षयाममा बाढीबाट हुने गरेको धनजनको क्षतिको पूर्वअनुभवको तथ्यांकगत आधारमा सोको न्युनिकरणको लागि प्रभावकारी हुने हुँदा विपद् व्यवस्थापनमा यस प्रकारको सहयोगले नेपाली सेनालाई थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेका थिए ।

प्रधान सेनापति क्षत्रीले यस्तो सहयोगले विपद् व्यवस्थापनमा नेपाली सेनाको कार्यदक्षता अभिवृद्धि गर्न थप मद्दत पुग्नुको साथै निरन्तर सहयोगको लागि अमेरिकी सरकार कृतज्ञता समेत व्यक्त गरेका थिए । नेपाली सेनाको उद्दार कार्यमा थप मद्दत पुग्नुको साथै दुई देशबीचकोे द्विपक्षीय आपसी हीत र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

रक्षा मन्त्रालयका सह–सचिव, अमेरिकी सैनिक सहचारी लगायत नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप