शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

असम्बन्धित मानिसले अनियमितता भएको भन्नु हाँस्यास्पद भएको समितिको ठहर

मङ्गलबार, ३० चैत २०७२, १२ : २८
मङ्गलबार, ३० चैत २०७२

पोखरा–पोखराको शान्ति वनवाटिकामा रहेको कृषि उपज थोक वजार विधी सम्मत संञ्चालनमा रहेको संञ्चालक समितिले दावी गरेको छ ।

समितिले मंगलवार बजार हातामा नै पत्रकार सम्मेलन गरी बजार विधी सम्मत हिसावले नै सञ्चालनमा आएको दावी गरेको हो ।

हामीले निर्देशिका विपरित गएर कुनै अनियमितता गरेका छैनौ संञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद खनालले भने ।

उनले बजारमा गरिएको हल्ला असम्वन्धित मानिसहरुको पूर्वाग्रह मात्रै भएको बताए ।

सञ्चालक समितिका सदस्य नवराज बरालले कृषकको हितका लागि बजार सञ्चालनमा रहेको र बजारलाई थप एकीकृत गर्दै अगाडि वढाएको अवस्थामा अनर्गल प्रचारबाजी गरिनु दुःखद भएको बताए ।

कृषि तथा सहकारी मन्त्रालयले २०५३ सालमा तयार पारेको कृषि उपज बजार सञ्चालन सम्वन्धि निर्देशिका संशोधनसहित २०६० को आधारमा सो बजार संञ्चालनमा रहेको समितिले बताएको छ ।

पश्चिमाञ्चलका कृषकको लागि बजारीकरण गर्ने उद्देश्यले २०५७ साल वैशाख १ गतेदेखि बजार सञ्चालनमा आएको हो ।

करीव ४६ रोपनी क्षेत्रफलमा फैलिएको सो थोक बजार पोखरा उपत्याका नगरविकास समितिको स्वामित्वको जग्गामा सञ्चालनमा आएको छ ।

बबजारको सम्झौता गत असार महिनामा नै सकिएपनि फलफूल बजारले संम्झौता नविकरण नगरिदिएको संञ्चालक समितिले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप