भ्रष्टाचार, कालोबजारी र महँगी नियन्त्रण गर्न आग्रह
बुधबार, ०१ वैशाख २०७३, ११ : ४५
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक स्थिरता कायम गर्दै मुलुकमा व्याप्त भ्रष्टाचार, कालोबजारी, महँगी, हत्या र हिंसाको अन्त्य गर्न आग्रह गरेको छ ।
पार्टीले देश तथा जनताको दीर्घकालीन हितका लागि र नयाँ संविधान कार्यान्वयन गर्नका लागि पनि राष्ट्रका साझा विषयमा सबै सरोकार भएका शक्तिबीचका राष्ट्रिय सहमति कायम गरी अग्रगामी दिशामा अगाडि बढ्न सबै राजनीतिक नेतालाई आग्रह गरेको छ ।
“नयाँ वर्ष २०७३ मा देशका सम्पूर्ण मजदुर, किसान, महिला, युवा–विद्यार्थी, जनजाति, मधेसी, अल्पसङ्ख्यक तथा लोपोन्मुख जनसमुदायलाई सार्थक सम्मान, समानता, समृद्धिको हकदार बनाउने र सबैलाई समुन्नत तुल्याउने सङ्घर्षले सार्थकता पाओस्”, पार्टीका महासचिव शरणविक्रम मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण