सवारी दुर्घटनामा आठजनाको मृत्यु
धनगढी– डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँतर्फ गइरहेको ना१ज ३२९४ नंको जिप गएराति ९ बजे जिजोडामान्डौँ–८ मा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।
यस घटनामा अरु सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिजोडामान्डौँ–८ घर भएका ६२ वर्षीय प्रा डा जयराज पन्त, ५५ वर्षीया गुडी पन्त र ५२ वर्षीया सावित्रा पन्तको मृत्यु भएको छ । डा पन्त पद्मकन्या क्याम्पस, काठमाडौँमा प्राध्यापन गर्थे । यसैगरी, ६१ वर्षीय डा गणेश पन्त, ५९ वर्षीय केशवराज पन्त र ३६ वर्षीया हरिना टमटाको पनि मृत्यु भएको छ ।
घटनामा गम्भीर घाइते भएका जिपचालक डोटी जिल्लाकै वनलेक–१ का ४५ वर्षीय चेतराज बलायर र ठेगाना थाहा हुन नसकेकी अन्दाजी १७ वर्षकी जानकी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा गएराति नै मृत्यु भएको छ ।
यस्तै, घटनामा ४५ वर्षीया नवरता पन्त, ३० वर्षीय गौरव पन्त, नौ वर्षीय लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा, ३८ वर्षकै कलावती टमटा, २२ वर्षीय अनिता टमटा र धौली टमटा घाइते भएका छन् । घाइते सबैलाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पु¥याइएकामा केही घाइतेलाई थप उपचारका लागि धनगढीतर्फ ल्याइएको छ । जिप सडकबाट झन्डै ५०० मिटर तल खसेर दुर्घटना भएको डाटी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगी सचेतना अभियान सुरु
-
ब्रिटिस स्टिल राष्ट्रियकरण गर्ने बेलायतको निर्णय, चीनले गर्यो विरोध
-
२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण