शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

युएईमा गत बर्ष भन्दा यो वर्ष नेपालीको मृत्युदर कम

बिहीबार, ०२ वैशाख २०७३, १८ : ४०
बिहीबार, ०२ वैशाख २०७३
युएई - सयुक्त अरब इमिरेटस् (यएईमा) ८ महिला सहित यो बर्ष ५८ जना नेपालीले ज्यान गुमाएका नेपाली दुताबास आबुधावीले जनाएको छ। यो संख्या अधिल्लो बर्षको तुलनामा कम हो । बिभिन्न कारणले अधिल्लो बर्ष ६० जनाले ज्यान गुमाएका थिए। गएका १२ वर्षमा एक हजार ५० भन्दा धेरै नेपालीले युएईमा ज्यान गुमाएका छन् । तीमध्ये पछिल्ला दुई वर्षदेखि ज्यान गुमाउने नेपालीको संख्या घटेको छ । २०७० सालमा ६३ र २०७१ मा ६० जना नेपालीले ज्यान गुमाएका थिए । यो वर्ष ५८ जना नेपालीको ज्यान गुमाएका छन् । धेरै नेपालीहरू ‘सडेन कार्डियाक एरेस्ट’ अर्थात सुतेको सुत्यै र अन्य दुर्घटनामा परेर ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख गरिएको छ। कतिपय आत्महत्या तथा सडक दुर्घटनाले मृत्यु भएका छन् भने ह्द्यघातबाट पनि यूएईमा नेपालीहरूले ज्यान गुमाएका छन् । ५८ मध्य ३२ जनाले सडेन कार्डियाक एरेस्ट’ अर्थात सुतेको अबस्थामानै ज्यान गुमाएका छन् । भने बाँकी सडक दुर्घटना, हृदयघात अत्याधिक मदिरा सेवनले पक्षघात भई ज्यान गुमाएको तथ्याङ्कमा समावेश गरिएको छ। ९ जना आत्महत्या र ८ जना सडक दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।यसैगरी कार्यस्थलमा नै दुर्घटनामा परेर ३ जना र जेलेर तथा समुन्द्रमा डुबेर ३ जनाको ज्यान गरेको जनाइएको छ। यसै बर्ष २ जना नेपालीको हत्या भएको छ । नवलपरासीका रामबहादुर लामा र बाराका दिपेन्द्रकुमार उप्रेतीको यसै वर्ष युएईमा हत्या भएको थियो । भने बाँकी १ जनाको मुत्युलार्इ अन्य कारण भनिएको दुताबास आबुधाबीको तथ्याङ्कमा उल्लेख गरिएको छ । आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या अझै पनि उच्च रहेकोमा दूतावास तथा सरोकारवाला संघसस्थाले चिन्ता जनाएका छन् । सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या पनि बढेको छ । यसरी ज्यान गुमाउनेहरुमध्ये धेरै जना पहिलो पटक विदेशिएका नेपाली कामदार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप