कामु प्रधानन्यायाधीशमा कार्की
काठमाडौँ - सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला कामु प्रधानन्यायाधीशका रुपमा आजदेखि सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छिन् ।
सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले वरिष्ठतम न्यायाधीश भएर न्याय क्षेत्रमा काम गरिसक्नुभएकी कार्की नेपालको न्यायिक इतिहासमा सर्वोच्च स्थानमा पुग्ने महिला पहिलो भएको बताइन् । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गत चैत ३० गतेबाट उमेर हदका कारण अवकाश लिएपछि वरिष्ठतम न्यायाधीशको हैसियतले कार्कीले कामु प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी हुन् ।
उनले आजैदेखि मुद्दाको इजलास तोक्ने लगायत न्यायिक तथा प्रशासनिक कामको नेतृत्व सुरु गरेकी छिन् । संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि गत चैत २८ गते सिफारिस गरेकामा संसदीय सुुनुवाइ समिति नभएकाले कार्कीको संसदीय सुनुवाइ भएको छैन ।
संवैधानिक व्यवस्थानुसार प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ । संसदीय सुनुवाइ हुन नसकेको हुनाले कार्कीले हाल कामु प्रधानन्यायाधीशका रुपमा काम गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण