शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पत्रिकामा ग्यास पाईने सूचना, भोकभोकै लाईन बस्नेले ग्यास पाएनन्

बिहीबार, ०२ वैशाख २०७३, १८ : ५५
बिहीबार, ०२ वैशाख २०७३

काठमाडौं– एल पी ग्याँस उद्योग संघले पत्र–पत्रिकामा सुचना निकालेर उपत्यका विभिन्न क्षेत्रका सर्वसाधारणले कम्तिमा एक–एक वटा ग्याँस पाउने भनेपनि सुचनाअनुसार ग्यास नआउँदा सर्वसाधारणले सास्ती खेपेका छन् । संघले निकालेको सुचना अनुसार बिहिबार पुरानो वानेश्वर क्षेत्रमा ग्याँस आउने भनेपछी उपभोक्ताहरु बिहानदेखी लाईनमा बसेका थिए,तर अन्त्यमा डिपोको भित्तामा ग्याँस नआउने हस्तलिखीत सुचना टाँसिएपछी उपभोक्ताहरु खालि हात फर्कन बाध्य भए । ‘हामी पाँच बजेदेखि लाइनमा बस्यौं, अन्तिममा आएर ग्यास नै छैन भने,’ एक उपभोक्ताले भने, ‘पूरा नहुने आशा निक देखाउनु ?’ पुरानो बानेश्वरको एपेक्स कलेज नजिकै रहेका रोयल कान्तिपुर ग्यास सेन्टरमा बिहिबार विहान पाँच बजेदेखी अफिस र कलेज छाडेर उपभोक्ता लाईन बसेका थिए । दुईओटा ग्याँस सेन्टरमा विहानदेखि लाईनमा बसेका उपभोक्ता ग्याँस पाउने आशामा थिए, तर डिपो मालिकले ग्यास नआउने सूचना टाँसेपछि उनीहरु त्यतिकै फर्कन बाध्य भए । ‘हामीले खाली सिलीन्डर र पैसा बुझाईसकेका छौं, तर ग्यास पाएनौं’ नेपाल ग्यासको कुपन लिएर बसेका एक उपभोक्ताले भने, ‘बिहान देखि भोकभोकै लाईन बसेको मान्छेलाई अहिले सुचना टाँसेर ग्यास आएन भन्न मिल्छ ?’ उनीहरुका अनुसार डिपोले एक जनाबाट १४ सयको दरले १ सयभन्दा बढी ग्यास सिलिण्डर लिएको उनले दाबी गरे । उपभोक्ताहरुका अनुसार ग्यास विक्रेताले बेलुका पाँच बजेपछि अफिस टाईम सकियो अब ग्यास आउँदैन भन्दै सूचना टाँसेका थिए । सोही डिपोबाट ७० वटा लोकप्रिय ग्यास भने वितरण भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप