शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बेपत्तासम्बन्धी आयोगद्वारा पीडितको उजुरी लिन सुरु

बिहीबार, ०२ वैशाख २०७३, १९ : ५८
बिहीबार, ०२ वैशाख २०७३
काठमाडौँ - बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वपीडितको देशका ७५ वटै जिल्लामा आजदेखि उजुरी लिन सुरु गरेको छ । आयोगका आयुक्त डा विष्णु पाठकका अनुसार देशभरका जिल्लास्थित शान्ति समिति तथा आयोगको केन्द्रीय कार्यालयबाट आजदेखि उजुरी लिन सुरु गरिएको बताए । उनले द्वन्द्वपीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गर्दै जिल्लास्थित शान्ति समितिको कार्यालय र आयोगको केन्द्रीय कार्यालयमा पनि उजुरी दिन छुट्टै गोप्य स्थानको व्यवस्था गरिएको जानकारी दिए । दशवर्षीय सशस्त्र सङ्घर्षमा बेपत्ताको सङ्ख्या फरक फरक आए पनि आयोगले आफँैले तथ्याङ्क सङ्कलन गर्न उजुरीको आह्वान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप