नयाँ शक्ति नेपालको महागठबन्धन बनाउने चाहनामा डा.राउत समेत आउन सक्ने
महोत्तरी–डा.बाबुराम भटटराईको नयाँ शक्ति नेपालले बृहत गठबन्धन निर्माण गर्न चाहेको र सो गठबन्धनमा डा. सिके राउत जस्ता विद्धानहरुलाई समेत सामेल गराउन ईच्छा भएको नयाँ शक्ति नेपालका आन्तरिक केन्द्रिय परिषद् सचिवालय सदस्य राम कुमार शर्माले बताएका छन् । यहि वैशाख ५ गते डा.भट्टराई महोत्तरी सदरमुकाम आउन लागेको र ६ गते जिल्ला विकास समितिको सभाकक्षमा वृहतर अन्तरक्रिया कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका छन् ।
हाल डा.राउत र नयाँ शक्ति बीच केहि विषयमा मतभिन्नता रहेपनि आफूहरु डा. राउतसँग विभिन्न छलफलको माध्यमले विचारमा एकरुपता ल्याई नेपाल राष्ट्रको पुननिर्माणमा लाग्ने प्रयासमा रहेको समेत उनको कथन थियो । साथै पार्टीका जिल्ला संयोजक कौशलेन्द्र शर्माले मधेशमा आन्दोलनकारीहरुलाई दमनपूर्ण तरिकाले धरपकड र झुठा मुद्दामा फसाएर सरकारले आफ्नै खुटटामा बन्चरो हानिरहेको बताउँदै सरकार पूर्णरुपमा असक्षम भैसकेको जिकिर समेत गरेका छन् ।
त्यस्तै मधेशवादी दलले वैज्ञानिक तरिकाले आन्दोलन गर्न नसक्दा सिंहदरवार खल्वलाउने योजना विफल भएको र उल्टै मधेशका जनताले कष्ट भोग्नुपरेको उनले थपेका छन् । नयाँ शक्ति नेपाल पार्टीले एक हप्ते मधेश स्वाभिमान यात्रा सुरु गर्न लागेको र सो पश्चात हुने आन्दोलन पूर्णरुपमा राष्ट्रिय आन्दोलन हुने र यो आन्दोलनले मधेशी, थारु, आदिवासीलगायत सम्पूर्ण देशवासीले साथ दिई चरममा पुर्याउने र देशलाई नै एउटा नयाँ रुप दिने भन्दै डा.भट्टराईको अभियानमा सबैलाई साथ दिन आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण