बोलेरोले तीन जनाको ज्यान लियो
शुक्रबार, ०३ वैशाख २०७३, ०७ : १८
मोरङ– मोरङको मधुमल्ला–६ टपुस्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज साँझ बलेरो जिपको ठक्करबाट स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ ।
साँझ ६ बजेतिर मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बा१३च ३१५८ नंको बलेरो जिपले उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे३प ४९४१ नंको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक मोरङ टाँडी–८ का २० वर्षीय सङ्गीत लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै स्कुटरको पछाडि सवार टाँडी–८ कै १९ वर्षीय मिलन राईको उपचारका लागि विराटनगर लैजाने क्रममा र पछाडि सवार अर्का झापा शरणामतीका २१ वर्षीय सनम रणपहेलीको न्युरो अस्पताल विराटनगर पु¥याउनेबित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । ठक्कर दिने बलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण